शनिबारदेखि देशभर एकसाथ सुरु भएको नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत बागलुङमा ६७ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । जिल्लामा ८५ वटा वडा छन् । जिल्लाका १० पालिका मध्ये तमानखोला गाउँपालिका बाहेक अन्य सबै पालिकामा वडा अधिवेशन भएको छ । तमानखोलामा भने आइतबारदेखि मात्रै वार्ड अधिवेशन सुरु गरेको छ ।
जिल्लाका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको र बाँकीमा सर्वसम्मत गर्ने प्रयास भइरहेको एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । ‘ आईतबार देखि सबै वडामा अधिवेशनको सुरु भएको छ, धेरैजसो वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेको छ, बाँकी वडामा पनि टुंगिने प्रक्रियामै छ,’ अध्यक्ष सापकोटाले भन्नुभयो ‘सबैलाई समेटेर समानुपातिक रुपमा नेतृत्व चयन गर्ने गरी हामीहरु लागेका छौँ ।’
यो समाचार तयार पार्दासम्म ६७ वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको अध्यक्ष एमाले जिल्ला सचिव बिष्णु भुसालले जानकारी दिनुभयो । उहाँले पालिका तथा वडाहरुबाट संयोजकहरुले रिपोर्टिङ गरिरहेको बताउनुभयो । केही दिनमै सबै वडाले नेतृत्व पाउने उहाँको भनाई छ ।
ढोरपाटन नगरपालिका
जिल्लाको ढोरपाटन नगरपालिकाको पनि अधिकांश वडामा नेतृत्व चयन भएको छ । हालसम्म ९ वटा वडामा नेतृत्व चयन भएको ढोरपाटन नगरपालिकाकी उपमेयर करमति पुन मगरले जानकारी दिनुभयो ।
वडा नम्बर १ मा सुरज विक, वडा नम्बर २ मा फारम कुँवर, वडा नम्बर ३ लिलाजंग छन्त्याल, ४ मा उमेश विक, वडा नम्बर ५ मा शिवराज कँडेल, वडा नम्बर ६ मा ज्ञानिन श्रीपाली, वडा नम्बर ७ मा अम्मर बुढा मगर चयन, ८ मा चुनाबहादुर घर्ती र वडा नम्बर ९ मा ढालेन्द्र पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
निसीखोला गाउँपालिका
निसीखोला गाउँपालिकाको पाँच वडामा नेतृत्व चयन भएको नेकपा एमाले निसीखोला गाउँपालिकाका संयोजक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो । वडा नम्बर २ भीमबहादुर कुँवर, वडा नम्बर ३ मा दीपक चन्द, वडा नम्बर ४ मा मनहरी पौडेल र वडा नम्बर ५ मा रुविन मगर, वडा नम्बर ६ मा कुम बहादुर बुढा,वडा नम्बर ७ खुमन थापा सर्वसम्मत रुपमा चयन भएको पौडेलको भनाई छ ।
वडा नम्बर १ मा भने नेतृत्व चयन हुन सकेको छैन । वडा नम्बर ६ मा आइतबार नेतृत्व टुङ्ग्याउने र १ मा केही दिन भित्रै नेतृत्व चयन हुने संयोजक पौडेलले बताउनुभयो ।
बडिगाड गाउँपालिका
जिल्लाको बडिगाड गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । वडा नम्बर १ मा रेमबहादुर भुजेल, वडा नम्बर २ मा खगिश्वर अर्याल, वडा नम्बर ३ मा गोपीराम काउचा, वडा नम्बर ४ मा अणराम छन्त्याल, वडा नम्बर ५ मा ध्रुब घिमिरे, वडा नम्बर ६ मा फौज केसी, वडा नम्बर ७ मा गंगा गुरुङ, वडा नम्बर ८ मा भीमबहादुर बलाल, वडानम्बर ९ मा दिपक केसी र वडा नम्बर १० मा गुन्ज बुढा चयन भएको बडिगाडबाट राजन पाइजाले जानकारी दिनुभई । सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको पाइजाको भनाई छ ।
गलकोट नगरपालिका
गलकोट नगरपालिकाको ११ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको गलकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभयो ।
वडा नम्बर १ मा खिमबहादुर भण्डारी, वडा नम्बर २ मा टंक कार्की, वडा नम्बर ३ मा शन्त पन्त, वडा ४ मा धनबहादुर खड्का, वडा नम्बर ५ मा दलबहादुर काउचा, वडा नम्बर ६ मा निमबहादुर निउरे ‘मिलन’, वडा नम्बर ७ मा हेमबहादुर बस्ने, वडा नम्बर ८ मा नरहरि घिमिरे, वडा नम्बर ९ मा चन्द्रमणि गौतम, वडा नम्बर १० मा रामप्रसाद पुन र वडा नम्बर ११ मा दुधबहादुर विक चयन भएको श्रीसले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिका
जिल्लाको काठेखोला गाउँपालिकामा पनि अधिकांश वडामा अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर ५ मा बाहेक सबै वडामा अधिवेशन सम्पन्न भएको एमाले काठेखोलाका संयोजक डिलबहादुर कार्कीले जानकारी दिनुभयो ।
वडा नम्बर १ मा भीमबहादुर खड्का, २ मा नारायणदत्त रेग्मी, वडा नम्बर ३ मा खिम छन्त्याल, वडा नम्बर ४ मा सुरेश घर्ती, वडा नम्बर ६ थानेश्वर कँडेल, वडा नम्बर ७ मा भूमिराज गौतम र वडा नम्बर ८ मा डम्मरसिंह घर्ती सर्वसम्मत रुपमा चयन भएको संयोजक कार्कीले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाको अधिकांश वडामा नेतृत्व चयन भएको छ । हालसम्म ११ वटा वडाको नेतृत्व चयन भएको एमाले बागलुङ नगरका संयोजक धनबहादुर परियारले जानकारी दिनुभयो ।
वडा नम्बर १ मा सूर्य लामिछाने, वडा नम्बर २ मा तोयानाथ गौतम, वडा नम्बर ३ मा कमल खड्का, ४ मा गणेश शर्मा, वडा नम्बर ५ मा गोविन्द सापकोटा, वडा नम्बर ७ मा मेघनाथ गैरे, वडा नम्बर ८ मा सुरेश मल्ल, वडा नम्बर ९ मा रुद्र सापकोटा, वडा नम्बर १० मा विजय थापा, वडा नम्बर १२ मा ज्ञानेन्द्र ढकाल, वडा नम्बर १३ मा टेकबहादुर रोका र वडा नम्बर १४ मा महेन्द्र शर्मा चयन हुनु भएको छ । वडा नम्बर ६ र ११ मा भने सर्वसम्मत रुपमा टुंग्याउने प्रयास भइरहेको परियारले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिका
जैमिनी नगरपालिकामा पनि यो समाचार तयार पार्दा सम्म वडा नम्बर ४ र वडा नम्बर ६ बाहेक सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता तथा जैमिनी नगरपालिकाका उपमेयर लिला रानाका अनुसार वडा न.–१ मा चन्द्र बहादुर थापा, २ मा नाम देउ शर्मा, ३ मा मोहन छन्त्याल थापा, ५ मा कृष्ण बहादुर हमाल, ७ मा हिरामणि चालिसे, ८ मा कुल बहादुर पुन, ९ मा गिरी प्रसाद शर्मा, १० मा छविलाल श्रीस चयन हुनुभएको छ ।
बरेङ गाउँपालिका
जिल्लाको बरेङ गाउँपालिकाको एक वार्डमा मात्रै अधिवेशन सम्पन्न भएको छ । शनिबार वडा नम्बर १ मा मात्रै अधिवेशन सम्पन्न भएको एमाले बरेङका संयोजक प्रदीप थापाले जानकारी दिनुभयो । वडा नम्बर १ मा होमबहादुर छन्त्याल चयन हुनु भएको छ ।
ताराखोला गाउँपालिका
जिल्लाको ताराखोला गाउँपालिकाका सबै वार्डमा नयाँ नेतृत्व चयन गरिएको छ । ताराखोला १ मा लालमणी श्रीस, २ मा कृष्णप्रसाद गौतम, ३ मा भीमबहादुर घिमिरे, ४ मा नरबहादुर खत्री, ५ मा प्रेमबहादुर रोका चयन हुनुभएको छ ।
तमानखोलामा गाउँपालिका
तमानखोला गाउँपालिकामा आइतबारदेखि अधिवेशन सुरु भएको एमाले बागलुङका सचिव विष्णु भुसालले जानकारी दिनुभयो ।










