बुर्तिबाङमा कोजाग्रत पुर्णिमा मेला जारीः पुरुष भलिवलमा ढोरपाटन ए र गलकोट बि फाईनल प्रवेश

बुर्तिबाङमा कोजाग्रत पुर्णिमा मेला जारीः पुरुष भलिवलमा ढोरपाटन ए र गलकोट बि फाईनल प्रवेश
२०७८ कार्तिक ८ गते सोमबार ०६:५५

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता आज पनि जारी रहेको छ । बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर रनिङ...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता आज पनि जारी रहेको छ ।

बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता अन्तरगत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । कार्यक्रम अन्तरगत खुल्ला एकल नृत्य, पन्चेबाजा,सरायँनाच प्रर्दशन, सोलोबाईक रेस प्रतियोथिता सम्पन्र्न भैसकेको छ । आज भएकोे खुल्ला सामुहिक नित्य प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो । अहिले प्रतियोगिता सकिएको र नतिजा आउन बाकी रहेको जनाईएको छ ।

बिहिबार बाट सुरु भएको पुरुष भलिवल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो । जस अनुसार आज भएको म्याचमा. पुरुष तर्फको सेमिफाईनल खेल गलकोेट नगरपालिका ए र ढोरपाटन ए बिच भएको थियो जसमा ढोरपाटन ए, गलकोट बि र निसीखोला ए बिचको खेलमा गलकोट बि फाईनल प्रवेश गरेका छन् ।

यस्तै आज भएको महिला तर्फको सेमिफाईनल खेलमा तमानखोला ए र ढोरपाटन बि बिचको खेलमा तमानखोला ए र तमानखोला बि र ढोरपाटन ए बिचको खेलमा तमानखेला बि फाईनल प्रवेश गरेका छन् ।

बाकी रहेका प्रतियोगिता सगैँ फाईनल खेल भोली नै हुने जनाईएको छ । हरेक दिनको साझँ विभिन्न कलाकारको प्रस्तुति सगैँ सास्कृतिक कार्यक्रम हुने आयोजकको भनाई छ ।

प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार ०६:५५
प्रतिक्रिया दिनुहोस्