बुर्तिबाङमा मेला हेरेर फर्केका परियार ५ दिन बितिसक्दा पनि अझै भेटिएनन्, खोजी कार्य जारी

बुर्तिबाङमा मेला हेरेर फर्केका परियार ५ दिन बितिसक्दा पनि अझै भेटिएनन्, खोजी कार्य जारी
२०७८ कार्तिक १३ गते शनिवार ०८:३४

गत मंगलबार रातिदेखि वेपत्ता बडिगाडका युवा हराएको ५ दिन बितिसक्दा पनि अझै नभेटिएको प्रहरीले जनाएको छ । बुर्तिबाङमा जारी कोजाग्रत पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बडिगाड बल्घासका २८ वर्षीय शंकर परियार गत मंगलरबा रातिबाट वेपत्ता...

गत मंगलबार रातिदेखि वेपत्ता बडिगाडका युवा हराएको ५ दिन बितिसक्दा पनि अझै नभेटिएको प्रहरीले जनाएको छ ।

बुर्तिबाङमा जारी कोजाग्रत पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बडिगाड बल्घासका २८ वर्षीय शंकर परियार गत मंगलरबा रातिबाट वेपत्ता बन्नुभएको थियो । प्रहरी एवंम परिवारजनले निरन्तर खोजी गर्दा पनि अहिले सम्म फेला नपरेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

साथीहरुसंगै राति अबेरसम्म मेला हेरेर घर हिड्नुभएका उहाँ ढोरपाटन नगरपालिकाको सिमलचौरबाट वेपत्ता भएको जनाईएको छ । बुर्तिबाङबाट सिमलचौर हुँदै पैदलमार्गबाट घर जाँदै गर्दा सिमलचौर नजिकैको भिरबाट खसेको हुनसक्ने आशंका गरिएको छ ।

बुधबार बिहानबाट नै इलाका प्रहरी कार्यालय बुर्तिबाङ र परियारका आफन्तले निरन्तर खोजी गरिरहेको जनाईएको छ । परियार भिरबाट लडेको आशंका गरिएको ठाउँ निकै अप्ठ्यारो झाडी रहेछ प्रहरी निरिक्षक वन्तले भन्नुभयो,हामीले सबै तर्फ खोजी गर्दा पनि फेला पर्न सकेको छैन । परियार लडेर बडिगाड खोलामै झरेको हुनसक्ने धेरैले आशंका गरेका छन् ।

यस्तै ढोरपाटन नगरपालिका ४ का विभिन्न स्थान र निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा भएको तोडफोड र चोरीमा संलंग अहिले सम्म कोहि पक्राउ नपरेको प्रहरीको भनाई छ । सबैतर्फ क्रमिक रुपमा सो घटना घट्नुले चोरी गर्ने गिरोह नै लागेको हुन सक्ने भन्दै प्रहरीले आफ्नो सक्रियता बढाएको प्रहरी निरिक्षक वन्तले बताउनुभयो ।

केहि समय पहिले गलकोट,बडिगाड लगायतका स्थानहरुमा पनि क्रमिक रुपमा चोरी भएको थियो । घरमा बहुमुल्य सामानहरु,पैसा लगायत सुरक्षित स्थानमा राख्ने, गाउँघरमा शंका लागेको अपरिचित व्यक्ति देखा परेमा प्रहरीलाई खबर गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक १३ गते शनिवार ०८:३४
प्रतिक्रिया दिनुहोस्