बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका स्थित विभिन्न राजनैतिक दलहरुबिचको जुहारी केहि समय यता जारी रहेको छ । यस नगरपालिका भित्रका ८ वटा राजनीतिक दलहरु एक तर्फ रहेका छन भने नेकपा एमाले अर्कोतर्फ देखिएको छ ।
केहि दिन पहिले यहाँका ६ वटा राजनीतिक दलहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले विधि विधान विपरीत मनोमानी रुपले क्रियाकलाप गरेको भन्दै यस्ता गलत क्रियाकलाप रोक्न भन्दै चतावनी दिएका थिए ।
नगर प्रमुख नेपालीले यस्ता गलत क्रियाकलाप तत्काल नसच्याय थप आन्दोलनका कार्यक्रम अगाडी ल्याउने भन्दै आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी नगर प्रमुख नेपालीले लिनुपर्ने समेत बताएका थिए । तर त्यसको एक दिन पछाडी नेकपा एमालेको तर्फबाट ढोरपाटन नगरप्रमुखलाई अपुष्ट अनेक आरोप लगाएको जनाउदैँ एमालेमय बनेको माहोलबाट आत्तिएर विज्ञप्तिको खेती सुरु गरेको भन्दै पाटीको तर्फबाट विज्ञप्ति निकालेको थियो ।
केहि दिन साम्य रहेको माहोल आजबाट फरि तातेको छ । ढोरपाटन नगरपालिका देशकै भ्रष्ट पालिका रहेको भन्दै नगर प्रमुखले आफूखुसी गरेको आरोप सहित यहाँ स्थित क्रियाशिल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा,नेकपा क्रान्तीकारी र जनता समाजवादी पार्टी लगायतका ८ राजनैतिक दल द्धारा संयुक्त विज्ञप्ती बुझाउने कार्यक्रम रहेको थियो । आज बिहान ११ बजे नगरपालिकाको कार्यलय पुगेका टोलीले अनेक अपुष्ट आरोप सहित चरित्र हत्या गर्न खोजेको भनि नगरप्रमुखले विज्ञप्ती बुज्न नमानेपछि माहोलले नयाँ मोड लिएको थियो ।
त्यसपछि यहाँ स्थित क्रियाशिल ८ राजनैतिक दलका नेता कार्यकर्ताहरुले विभिन्न नारासहित बजार परिक्रम सहित फाटँ बजारमा कोण सभाको आयोजना गरेको थियो । कोण सभा जारी रहदैँ गर्दा नेकपा एमालेको तर्फबाट विभिन्न नारासहित कार्यकर्ता बजार परिक्रममा निस्किएका थिए । नारा सहित बजार परिक्रम गरि फाँट बजारमै कोण सभा गर्दा दुबै पक्ष बिच आरोप प्रत्यारोप चलेको थियो । प्रहरीका कारण झडपको अवस्था सिर्जना नभए पनि दुबै पक्षलाई रोक्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
८ राजनैतिक दलले नगरप्रमुखले चरम भ्रष्टचार गरेको भन्दै राजिनामाको माग गरेका थिए । कोण सभामा बोल्ने अधिकांश वक्ताहरुले हरेक क्षेत्रमा नगरप्रमुख हाबी बनेको र चरम भ्रष्टचार गरेको भन्दै न्यो मान्य नहुने बताएका थिए ।
उता एमालेको तर्फबाट कोण सभालाई सम्बोधन गर्दै नगरप्रमुख नेपालीले अनेक आरोप लगाउने विपक्षी पाटीका वडा अध्यक्षहरुले गरेका काम र भ्रष्टचार नगरेको प्रमाण लिएर आएको खण्डमा आफुँले सबै हरहिसाब देखाउने बताउनुभएको थियो ।
आफँुले एक रुपैयाँ पनि भष्टचार नगरेको बताउदैँ नेपालीलेकेहि समय पहिले आफुसगैँ रहेको र अहिले अन्यपाटीमा लागि अनेका आरोप लगाउन थालेको बताउनुभएकोे थियो । राजनैतिक उतारचडाबले अबको समय ढोरपाटन क्षेत्रमा स्थानिय बिच झडप हुनसक्ने धेरैले आकंलन गरेका छन् ।















