बागलुङ जिल्लाको बडिगाड–४ जलजलास्थित भिर जंगलमा ५ थान एकनाले भरुवा बन्दुक फेला परेको छ ।
लुकाईराखेको अवस्थामा प्रहरीले ती बन्दुक बरामद गरेको हो । प्रहरी चौकी ग्लवालीचौरबाट खटिएको गस्ती टोलीले जङ्गलमा बेवारिसे अवस्थामा लुकाईराखेको अवस्थामा बन्दुक बरामद गरेको जनाइएको छ । ती बन्दुक कसले लुकाएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
केही महिना अघि पनि जिल्लाको तमानखोला गाउँपालिकाको एक ओढारमा लुकाईराखेको अवस्थामा बन्दुकहरु प्रहरीले बरामद गरेको थियो ।
प्रकाशित मिति २०७८ कार्तिक १७ गते बुधबार ०७:०५