लामो समयदेखि शान्त रहेको बागलुङमा कोरोना संक्रमणबाट एकको मृत्यु भएको छ । संक्रमित संख्या समेत न्युन भएपनि गएराती बानपा ४ का ८३ बर्षिय पुरुषको मृत्यु भएको हो ।
कात्तिक १२ गते अस्पतालमा भर्ना भएका बागलुङ नगरपालिका ४ का ८३ बर्षिय पुरुषको गएराती साँढे २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार जिल्लाभर कोरोना पुष्टी भएका २८ जना मात्रै छन् । ती मध्ये २ जना मात्रै अस्पतालमा उपचाररत थिए ।
बागलुङमा अहिले सम्म कोरोना संक्रमणबाट ७१ जनाको मृत्यु भैसकेको छ । अहिले सम्म बागलुङमा २३ हजार ४ सय ८८ जनाको पिसिआर र ४ हजार १ सय ८९ जनाको एन्टीजेन्ट गरिएकोमा ७ हजार ६ सय ८० जना संक्रमित थिए । उनीहरु निको भैसकेका छन् ।
प्रकाशित मिति २०७८ कार्तिक १७ गते बुधबार ०७:१०