जनसञ्चार सहकारीको एघारौं साधारणसभा भोली हुने,सभाको सबै तयारी पुरा भएको अध्यक्ष पाण्डेको भनाई

जनसञ्चार सहकारीको एघारौं साधारणसभा भोली हुने,सभाको सबै तयारी पुरा भएको अध्यक्ष पाण्डेको भनाई
२०७८ कार्तिक २६ गते शुक्रबार ०७:३६

जनसञ्चार सहकारी संस्था लिमिटेड बुर्तिबाङको एघारौं साधारण सभा भोली कार्तिक २७ गते शनिवार हुनेभएको छ । २०६८ सालमा स्थापना भएको जनसञ्चार सहकारीले एघारौं साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन गर्नेछ । अघिल्लो साधारणसभाबाट निर्वाचित...

जनसञ्चार सहकारी संस्था लिमिटेड बुर्तिबाङको एघारौं साधारण सभा भोली कार्तिक २७ गते शनिवार हुनेभएको छ । २०६८ सालमा स्थापना भएको जनसञ्चार सहकारीले एघारौं साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

अघिल्लो साधारणसभाबाट निर्वाचित कार्य समितिको पदावधि सकिएकाले नयाँ कार्यसमितिको चयन सहित साधारणसभाको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष निमलाल पाण्डेले बताउनुभयो । भोली बिहान ११ बजे बुर्तिबाङ प्रसाशनलाईन स्थित मनकामना हलमा कार्यक्रको आयोजना गरिएको छ । साधारणसभाको तयारीका सबै पूरा भएको पनि अध्यक्ष पाण्डेले बताउनुभयो ।

सचिव, कोषाध्यक्ष, कर्जा उपसमिति र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन बैठकले अनुमोदन गरेको समितिको सचिव सहविन अर्गेजाले जानाकारी दिनुभयो । बैठकले उत्कृष्ठ शेयर सदस्य, बचत कर्ता, कर्जासदस्य र संस्थामा राम्रो कारोवार गर्ने सदस्यहरुलाई सम्मान गर्ने भएको छ ।

सहकारीको साधारणसभामा संस्थाका लागि आवश्यक विभिन्न नियमावलीहरु समेत पारित गर्ने भएको छ । कर्मचारी प्रशासन नियमावली, आर्थिक प्रशासन नियमावली, कर्जा नीति, उपसमिति परिचालन कार्यविधि र निर्वाचन कार्यविधि सभामा पेश गर्ने गरि तयारी गरिएको, नियमावली निर्माण उपसमितका संयोजक लोकेनद्र सुनारले बताउनुभयो । साधारणसभाले संस्थाका लागि आवश्यक निती निर्माण सहित नयाँ कार्यसमिति चयन गर्दै भव्य रुपमा सम्पनन गर्नेगरि तयारी पुरा भएको संस्थाका प्रबन्धक रेशम सापकोटाको भनाई छ ।

जनसञ्चार सहकारीले सामुदायिक रेडियो परिवर्तन, जनसञ्चार रेमिट तथा सहकारी कारोवार गर्दै आएको छ । साधारणसभामा संस्थागत र आर्थिक प्रगति तथा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत हुनेछन् । संस्थालाई अझै पस्किृत, परिमार्जित ढंगले चुस्त दुरुस्त र उच्च स्तरको गतिदिन साधारणसभाले विषेश निर्णय गरेर अघि बढ्ने रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार ०७:३६
प्रतिक्रिया दिनुहोस्