बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसको शैक्षिक तथा प्रशासनिक अवस्था अस्तव्यस्त

बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसको शैक्षिक तथा प्रशासनिक अवस्था अस्तव्यस्त
२०७८ मङ्सिर १ गते बुधबार ०१:४१

बागलुङ- ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसको शैक्षिक, आर्थिक तथा प्रशासनिक अवस्था अस्तव्यस्त देखिएको छ । क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुले १९ महिनादेखिको .तलबभत्ता समेत पाएका छैनन् । क्याम्पसको...

शिक्षकहरुले १९ महिनादेखि तलब पाएनन्

बागलुङ- ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसको शैक्षिक, आर्थिक तथा प्रशासनिक अवस्था अस्तव्यस्त देखिएको छ । क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुले १९ महिनादेखिको .तलबभत्ता समेत पाएका छैनन् ।

क्याम्पसको शैक्षिक, आर्थिक तथा प्रशासनिक व्यवस्थापनमा क्याम्पस प्रशासन, स्थानीय सरकार र सरोकारवालाहरुले ध्यान नदिएको भन्दै क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरुको बैठक बसी ध्यानाकर्षण गराएका छन् ।

बैठकमा शिक्षक स्टाफहरुले क्याम्पस प्रमुखले समन्वयकारी भूमिका खेल्न नसकेको, लामो समयसम्म स्टाफ बैठक समेत नराखेको, आर्थिक हरहिसाब पारदर्शी नगरेको, कोभिड महामारी सामान्य बनिसकेपछि समेत क्याम्पसका शैक्षिक तथा प्रशासनिक गतिविधिहरुलाई सुचारु गर्न नसकेको, विना निर्णय आफू लगायत पूर्णकालीन शिक्षक कर्मचारीले मात्र तलबभत्ता खाई अरु शिक्षकहरुलाई तलब भुत्तानी नगरेको, स्थानीय सरकार र सरोकारवालाहरुसंग समन्वय गर्न नसकेको क्याम्पसमा सरसल्लाह विना नै आफू खुसी काम गर्ने गरेको लगायतका आरोपहरु लगाएका थिए । साथै क्याम्पस प्रमुख जस्तो पदमा रहेर पदीय भूमिका निर्वाह गर्न नसकेको भन्दै शिक्षक स्टाफहरुले क्याम्पस प्रमुख कृष्णकान्त आचार्यलाई राजिनामाको माग समेत गरेका थिए ।

मंगलबार बसेको शिक्षक स्टाफको बैठकले एकहप्ता भित्रमा क्याम्पस प्रमुखले क्याम्पसको शैक्षिक तथा आर्थिक अवस्थाको यथार्थ विवरण स्टाफ बैठकमा पेश गर्नुपर्ने माग राखेका छन् ।

मंगलबार नै क्याम्पस प्राध्यापक संघको बैठक समेत बसी विभिन्न निर्णयहरु गरिएको छ । उक्त बैठकले क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीहरुले पारिश्रमिकता पाउनु पर्ने, संचालक समिति र सरोकारवालाहरुले क्याम्पस व्यवस्थापनमा ध्यान दिनुपर्ने, नियमित रुपमा पठनपाठन सुचारु गर्नुपर्ने, क्याम्पस व्यवस्थापनका लागि बृहत् अन्तरक्रिया गरिनु पर्ने लगायतका मागहरु गरिएको छ । बैठकपछि क्याम्पस संचालक समितिका अध्यक्ष चन्द्रलाल अर्याल र शिक्षकहरुबीच भेटघाट तथा छलफल समेत गरिएको छ ।

निसीभुजी जनता क्याम्पसलाई बागलङ जिल्लाकै सुविधा सम्पन्न स्मार्ट क्याम्पस बनाउने भनी २०७५ सालमा शैक्षिक तथा धार्मिक महोत्सव संचालन गरेपनि उक्त महोत्सवमा बोलेको चन्दा रकम समेत अझैसम्म धेरैबाट आउन बाँकी रहेको क्याम्पस स्रोतले बताएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर १ गते बुधबार ०१:४१
प्रतिक्रिया दिनुहोस्