बुर्तिबाङमा पिकअप जिप दुर्घटना,एक बालकको मृत्यु,६ जना घाईते

no-image
२०७८ मङ्सिर ३ गते शुक्रबार १२:०३

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आज बिहान पिकअप जिप दुर्घटनाहुदाँ एक बालको मृत्यु भएको छ भने स्थानिय ६ जना घाईते भएका छन् । बुर्तिबाङ बजारको तारिखेत जाने झोलुङे पुल नजिकै रोकिरहेका ग २ च ५९८० नम्बरको पिकअप बिहान...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आज बिहान पिकअप जिप दुर्घटनाहुदाँ एक बालको मृत्यु भएको छ भने स्थानिय ६ जना घाईते भएका छन् ।
बुर्तिबाङ बजारको तारिखेत जाने झोलुङे पुल नजिकै रोकिरहेका ग २ च ५९८० नम्बरको पिकअप बिहान करिव १०ः५५ बजे  अचानक डाईभर भन्दा अर्का ब्यक्तिले चलाउदाँ सो दुर्घटना घटेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

जिल्लाको तमानखोला गाउँपालिका २ घर भएका कृष्ण बि.कका ८ बर्षिय छोरा जोन सिर्पालीको घटना स्थलमै ज्यान गएको वन्तले बताउनुभयो । घटनामा ढोरपाटन १ का ५८ वर्षिय नरकितव सुनार,ढोरपाटन ६ का ३० वर्षिय विष्णु प्रसाद सापकोटा,ढोरपाटन ५का ४७ वर्षिय सक्रेनी घर्ति,ढोरपाटन ५ कै ५० वर्षिय नरमला घर्ति,ढोरपाटन १ का ४८ वर्षिय लेविन्द्र कुवंर र ढोरपाटन ७ का ९ का आकाश घर्ति घाईते हुनुभएको छ ।
घाईले सबैजनाको अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अपचार भैरहेको छ । उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ३ गते शुक्रबार १२:०३
प्रतिक्रिया दिनुहोस्