ढोरपाटन उद्योग वाणिज्य संघ द्धारा हरेक शनिबार हुने बजार बन्दलाई निरन्तरता दिने

ढोरपाटन उद्योग वाणिज्य संघ द्धारा हरेक शनिबार हुने बजार बन्दलाई निरन्तरता दिने
२०७८ मङ्सिर ३ गते शुक्रबार ०८:०८

बुर्तिबाङ- ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङले विगतमा गरिरहेको शनिवार बन्दको कार्यक्रमलाई, संघ मातहतका वस्तुगत संघ र व्यवसायीहरुको माग अनुसार यस हप्तादेखि पुनह्ः निरन्तरता दिने भएको छ । सम्पूर्ण व्यसायीहरुले साविकमा जस्तै...

बुर्तिबाङ- ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङले विगतमा गरिरहेको शनिवार बन्दको कार्यक्रमलाई, संघ मातहतका वस्तुगत संघ र व्यवसायीहरुको माग अनुसार यस हप्तादेखि पुनह्ः निरन्तरता दिने भएको छ ।

सम्पूर्ण व्यसायीहरुले साविकमा जस्तै प्रत्येक हप्ताको शनिवार पसल, व्यवसाय बन्द गर्नेे ढोरपाटन उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष निमलाल पाण्डेले बताउनुभयो ।, शनिवारको बजार बन्दलाई कार्यान्वयन गर्नु गराउनुहुन उहाँले बजार बासीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

केहि समय पहिले बुर्तिबाङ बजारमा उस्तै पेशा व्यवयाय गर्ने १८ वटा वस्तुगत समितिका अध्यक्ष, सचिव र संघका पदाधिकारी बीचको संयुक्त बैठकले हरेक हप्ताको शनिवार बजार बन्द गर्ने निर्णय गरेका थियो । तर कोरोना भाईरस महामारी फैलिए पछि रोकिएको शनिबार बजार बन्द फेरि लागु हुने भएको छ । सबैको राय सुझाब र छलफल पछि पुनह् बजार बन्द गराउने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

बजार क्षेत्र विस्तार हुँदै गएपछि, यसको उचित व्यवस्थापन आवश्यक रहेकोले सरोकार वालासँग छलफल र परामर्श गर्न आवश्यक देखिएको संघका महासचिव राम सुवेदीले बताउनुभयो । बुर्तिबाङमा व्यवसायीक बन्द बाहेक अरु कुनैपनि बन्दका कार्यक्रमलाई अस्वीकार गर्ने समेत ढोरपाटन उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ३ गते शुक्रबार ०८:०८
प्रतिक्रिया दिनुहोस्