कांग्रेसको जिल्ला अधिवेसन, पश्चिम बागलुङबाट २ सहित ३ जना सभापतिमा लड्ने तयारी

कांग्रेसको जिल्ला अधिवेसन, पश्चिम बागलुङबाट २ सहित ३ जना सभापतिमा लड्ने तयारी
२०७८ मङ्सिर ११ गते शनिवार ०६:२४

बागलुङ- नेपाली कांग्रेसको चौधौं महाधिवेसनका लागि जिल्ला अधिवेसन शुरु भएको छ । केन्द्रीय सदस्य रत्ना शेरचनले शुक्रवार अधिवेसनको उद्घाटन गरिन् । अधिवेसन उद्घाटन गर्दै शेरचनले पार्टीको आन्तरिक निर्वाचनलाई पार्टी संगठनको उर्जाको...

बागलुङ- नेपाली कांग्रेसको चौधौं महाधिवेसनका लागि जिल्ला अधिवेसन शुरु भएको छ । केन्द्रीय सदस्य रत्ना शेरचनले शुक्रवार अधिवेसनको उद्घाटन गरिन् ।

अधिवेसन उद्घाटन गर्दै शेरचनले पार्टीको आन्तरिक निर्वाचनलाई पार्टी संगठनको उर्जाको रुपमा लिनुपर्ने बताइन् । उनले हरेक हारबाट जितको ढोका खुल्छ भन्दै आन्तरिक संगठन चुस्त बनाउन आन्तरिक हारजितले थप जोश र जाँगर भर्नुपर्ने बताइन् ।

उनले कृष्णप्रसाद भट्टराइ देखि शुसिल कोइराला सम्मले हार व्यहोरेको इतिहास छ भन्दै तर इतिहासमा उनीहरुले गरेका कामको सुनौला अक्षरले लेखिएको बताइन् । ‘मैलेपनि धेरै पटक चुनाव हारेपछि केन्द्रीय सदस्यको हैसियतमा पुगेकी हुँ’ उनले भनिन्, ‘कृष्णप्रसाद भट्टराइले दिएको सुझाव मानेर मैले हरेक हारलाई जितकोलागि उर्जा भरेर आएकी थिए ।’ उनले हारजितको आधारमा पार्टी संगठनमा लरबराउन नहुने बताइन् ।

कार्यक्रममा कांग्रेस पुर्व सभापति गोबिन्दप्रसाद शर्मा कंडेलले कांग्रेसले देशको महत्वपूर्ण अबसरमा नेतृत्व गरेको स्मरण गराए । ‘हरेक परिवर्तनको साछी कांग्रेस हो, अझैपनि जनजीविका सुधार ल्याउन कांग्रेसकै नेतृत्व चाहिन्छ’ उनले भने, ‘बीपी कोइरालाको सपना पुरा हुँदा हरेक नेपालीको जीवन समृद्ध बन्छ ।’ त्यसकालागि हरेक नागरिक धनी बन्ने योजना बनाउनुपर्ने बताए ।

पूर्व सभापति प्रकाश शर्मा पौडेलले नेतृत्व पाउनु ठूलो कुरा नभएको भन्दै के गर्न सक्यो भन्ने जनताले मूल्यांकन गर्ने बताए । ‘स्थानीय र संसदीय निर्वाचनमा भोट हाल्न नआउनेले पार्टीमा भाग खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ उनले भने, ‘निरन्तर काम गर्नेलाई नेतृत्वमा लैजाऔं, नेतृत्वमा पुग्नेले सधै जिम्मेवारी बहन गरौं ।’

कांग्रेस सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता, सचिव नवराज पौडेलको संचालन र उपसभापति तुलासिंह घर्तीमगरको स्वागतमा भएको अधिवेसन उद्घाटन सत्रमा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेल, नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष टंक कंडेल, पूर्व राज्यमन्त्री चम्पादेवी खड्का, जेष्ठ नागरिक परिषदका सदस्य पद्मनाथ शर्मा लगायतले बोलेका थिए । कांग्रेसको संस्थागत बिकासमा योगदान पु¥याएका दर्जनबढी योद्दालाई उक्त अबसरमा सम्मान गरिएको थियो । पद्मनाथ शर्मा, अग्नीकुमार श्रेष्ठ, दुर्गा आचार्य, ताराप्रसाद गौतम लगायतका व्यक्तिहरु सम्मानित भएका हुन् । कार्यक्रममा पार्टीका कोषाध्यक्ष उमेश गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वकालागि बागलुङ जिल्ला भरका १ हजार ७ सय ७५ क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने छन् । एक सभापति, दुइ उपसभापति, दुइ सचिव, दुइ सहसचिव सहितको जिल्ला कार्यसमिति निर्वाचित हुने बैधानिक व्यवस्था छ । यस अघि घोषणा गरेपनि अन्तिम समयमा सभापतिमा भिड्न तीन जना मात्रै तयार भएका छन् । जगदिशचन्द्र उपाध्याय, जीत शेरचन र द्रोण कुँवरले मात्रै सभापतिमा लड्ने भएका छन् ।

पश्चिम बागलुङका शेरचन र कुवंर सहित उपाध्याय बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै दुई सचिव पदको लागि हरिहर शर्मा,कृष्ण केसी,चिरञ्जीवी गौतम,गण्डकी थापा अधिकारी बिच प्रतिस्पर्धा हुने देखिएको छ । पश्चिम बागलुङबाट २ जना नै सभापतिमा लड्ने भएपछि नेता पक्ष र विपक्षमा देखिन थालेका छन् । डोर्णकुमार कुवंरको सभापतिमा भिड्ने पहिले देखि नै चर्चा चलेको थियो भने जित शेरचनले अचानक शुक्रबार भिड्न गरी उमेदवारी दिएका थिए । यो सगैँ राजनैतिक खेल रोचक मोडमा पुगेको धेरैको बुझाई छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ११ गते शनिवार ०६:२४
प्रतिक्रिया दिनुहोस्