बागलुङ – जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालीचौरमा मोटरसाइकलको ठक्करबाट घाईते भएका पैदलयात्रीको पाल्पामा उपचार भैरहेको छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ का आयोग खरेललाई शुक्रबार राती एक मोटरसाईकलले ठक्कर दिदाँ घाईते हुनुभएको होे ।
खरेलको बाँयाँ हात र खुट्टामा चोट लागेको थियो । मध्यपहाडी लोकमार्ग अन्तरगत ग्वालीचौरदेखि खर्बाङतर्फ जाँदै गरेको लु १८ प ७२८४ नंम्बरको मोटरसाइकलले ठक्कर दिँदा उहाँ गम्भीर घाईते हुनु्भएको थियो । खरेललाई स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको इलाका प्रहरी चौकी खारका असइ गुरूप्रसाद न्यौपाने जानकारी दिनुभयो ।
मोटरसाइकल चालक गुल्मीको मुसिकोट नगरपालिका ७ गुल्मीका २१ वर्षीय आशिष रानालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । चालक रानाले मदिरा सेवन गरेकाले दुर्घटना भएको समेत न्यौपानेले बताउनुभयो । दुर्घटना पछि भागेका रानालाई स्थानीयले देखेपछि नियन्त्रण लिएको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिकाको खार बजारमा न्वागी मेला हेरि फर्केका उनीहरुले केही पर ध १ ज १९१ नम्बरको जिपको झ्यालमा समेत तोडफोड गरेको स्थानीयले बताएका थिए ।










