माओवादी केन्द्रले अघि सारेका एजेण्डा कै भरमा देश चलिरहेको छ – मन्त्री बुढा

माओवादी केन्द्रले अघि सारेका एजेण्डा कै भरमा देश चलिरहेको छ – मन्त्री बुढा
२०७८ मङ्सिर ११ गते शनिवार ०७:४७

गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले माओवादीले लिएको नीति र योजना अनुसार नै देश अघि बढेको बताउनु भएको छ । माओवादी केन्द्र ढोरपाटन नगर समितिको प्रथम नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन...

गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले माओवादीले लिएको नीति र योजना अनुसार नै देश अघि बढेको बताउनु भएको छ । माओवादी केन्द्र ढोरपाटन नगर समितिको प्रथम नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले अघि सारेका एजेण्डा कै भरमा देश चलिरेकाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा अरु कसैले गर्न नसक्ने बताउनुभयो ।

उहाँले पार्टी संगठन भित्र केहि कमी कमजोरी रहेको भन्दै केन्द्र देखि तल्लो तहसम्म सबैले आत्म आलोचना गर्दै नयाँ संकल्पका साथ आगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । सबैको अपन्वत्य हुने गरि समिति गठ्न गरिने बताउदैँ चुनावका ताका माओवादीले गरेका बाचाहरु पुरा गर्नु नसक्नु दुखद पक्ष रहेको बताउनुभएको थियो । देश भर नै माओवादी केन्द्रको माहोल बनेको समेत उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र ढोरपाटन नगर ईन्चार्ज चन्द्रलाल अर्याल, शिक्षकको तर्फबाट निम बहादुर कायत,महिलाको तर्फबाट,बेगमति घर्ति, वाइसिएल नगर अध्यक्ष तिलक घर्ति,दलित मुक्ति मोर्चाका विर बहादुर वि.क, जनता समाजपाटीको तर्फबाट गगं घर्ति मगर,क्रान्तिकारी माओवादीको तर्फबाट निल बहादुर पुन, राष्टिय जनमोर्चाको तर्फबाट दिपक थापा,नेपाली काग्रंसको तर्फबाट टिकाराम पाण्डे,समाजसेवी रामजी बानिया,माओवादी केन्द्र जिल्ला सल्लाहकार कुलपति लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम ढोरपाटन नगरमिटिका अध्यक्ष भिम गौतमको अध्यक्षता, बल बहादुर श्रीपालीको स्वागत मन्तब्य र माओवादी केन्द्र नगर कमिति सचिव सुमित घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी जिल्लाको निसीखोला गाउँपालिकामा पनि प्रदेशका कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागर ले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अहिले ढोरपाटन र निसीखोला दुबैतर्फ बन्द सत्रको कार्यक्रम चलिरहेको जनाईएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ११ गते शनिवार ०७:४७
प्रतिक्रिया दिनुहोस्