बागलुङको बरेङमा गाउँ नै राजमो प्रवेश

बागलुङको बरेङमा गाउँ नै राजमो प्रवेश
२०७८ मङ्सिर १२ गते आईतबार ०५:१६

बागलुङको बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोट काउलेचौरमा युवाहरु लगायत सयौं मतदाता जनमोर्चामा प्रवेश गरेका छन् ।अखिल नेपाल युवक संघ धुल्लुबाँस्कोट काउलेचौरको शनिबार भेला बसी केही समय पहिले देखी विभिन्न भ्रममा परी नेकपा...

बागलुङको बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोट काउलेचौरमा युवाहरु लगायत सयौं मतदाता जनमोर्चामा प्रवेश गरेका छन् ।अखिल नेपाल युवक संघ धुल्लुबाँस्कोट काउलेचौरको शनिबार भेला बसी केही समय पहिले देखी विभिन्न भ्रममा परी नेकपा माओवादी केन्द्रमा आवद्ध रहेकाहरु माओवादी केन्द्र परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

वडा नं. १ धुल्लुबाँस्कोट काउलेचौर, जसेखर्क, अयरपानी, पिंडालुबारीबाट होम बहादुर थापा, राजु थापा, राम बहादुर थापा, गाविन थापा, पृथ्वी थापा, बोम बहादुर थापा, गणेश थापा, प्रकाश थापा, कुमार थापा, सुरेस थापा, कमल थापा, राज कुमार थापा, लाल बहादुर थापा, श्याम थापा, भीम थापा छबिलाल थापा,यम बहादुर थापा, सूर्य थापा, नोट बहादुर थापा, नन्द बहादुर थापा, चोक बहादुर थापा लगायतका नेता तथा कार्यक्रताहरु सहित गरी २३ घरधुरीका सयौं मतदाताहरु माओवादी केन्द्र परित्याग राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

लामो समय देखी माओवादी केन्द्रमा सर्मथन रहेको र अहीले उक्त पार्टीका गतिविधी र राजनैतिक लाईन आफुहरुलाई गलत लागेको हुदाँ राष्ट्र र राष्ट्रियताको पक्षमा राष्ट्रिय जनमोर्चाको लाईन सही लागेकोले राजमोमा संगठित रुपमा काम गर्ने गरी प्रवेश गरेको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति २०७८ मङ्सिर १२ गते आईतबार ०५:१६
प्रतिक्रिया दिनुहोस्