बागलुङ देखि कुस्मिसेरा जादै गरेको ट्याक्टर बलेवामा दुर्घटना हुँदा २ जनाको मृत्यु

no-image
२०७८ मङ्सिर १३ गते सोमबार ०७:३५

बागलुङ बजार देखि कुस्मिसेरा जादै गरेको ट्याक्टर बलेवामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कैया भीरमा ध १ त ३६ नम्बरको ट्याक्टर खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले दुई...

बागलुङ बजार देखि कुस्मिसेरा जादै गरेको ट्याक्टर बलेवामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कैया भीरमा ध १ त ३६ नम्बरको ट्याक्टर खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले दुई जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । यद्यपी मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटना स्थल भीरमा भएकाले उद्दारमा कठिनाई भएको छ । दुर्घटना स्थलमा १२ वर्षका सुदिन केसी घाइते अवस्थामा फेला पर्नुभएको छ । प्रहरीले उद्दारको थालनी गरेको छ । थप बिबरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर १३ गते सोमबार ०७:३५
प्रतिक्रिया दिनुहोस्