काठेखोलाको खहरेमा पीकअप खस्यो, एकजनाको मृत्यु, तीन जना घाईते

काठेखोलाको खहरेमा पीकअप खस्यो, एकजनाको मृत्यु, तीन जना घाईते
२०७८ मङ्सिर १५ गते बुधबार १२:३८

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तरगत काठेखोलाको खहरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् । बिहुँबाट बागलुङ बजार आउँदै गरेको बा१८च ५६७७ नम्बरको रातो प्लेटको पिकअप जीप सडकबाट ३० मिटर तल खसेको...

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तरगत काठेखोलाको खहरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् । बिहुँबाट बागलुङ बजार आउँदै गरेको
बा१८च ५६७७ नम्बरको रातो प्लेटको पिकअप जीप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा बागलुङ नगरपालिका–७ का ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
घाईते हुनेहरुमा बागलुङ नगरपालिका–१ रामरेखाका ४० बर्षिय टक बहादुर बोहरा, ४४ बर्षिय दिनेश गिरी र २५ बर्षिय अजय शिवाकोटी रहेका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । दुर्घटनकाको कारण भने खुलेको छैन् । जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर १५ गते बुधबार १२:३८
प्रतिक्रिया दिनुहोस्