बागलुङ जिल्लाको पश्चिम निसीखोलाका कुवंर राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा बिजयी हुनुभएको छ ।

निसीखोला गाउँपालिका ७ राजकुट निवासी दिपक कुवंर क्षेत्री केन्द्रिय सदस्य पदमा १५ सय ९९ उत्कृष्ट मत सहित आठौँ स्थानमा पर्न सफल भएको उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

कुवंरले ७७ जिल्ला मध्य बागलुङ जिल्लाबाट सामान्य गाउँमा बस्ने आफुलाई विश्वास गरि अमुल्य मत दिएर बिजयी गराउनुहुने सबैलाई धन्यवाद समेत दिनुभएको छ । पार्टीको यो महाधिवेशनबाट राप्रपालाई नयाँ स्वरूपमा नयाँ तरिकाले चलाउन ‘म्यान्डेट’ प्राप्त भएको उहाँले बताउनुभयो ।
अग्रजलाई सम्मान गर्दै एकीकृत पार्टीमा रूपमा अघि बढाएर राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई पार्टीले दर्बिलो तरिकारले अघि बढाउने उहाँको भनाई छ ।
प्रकाशित मिति २०७८ मङ्सिर २१ गते मङ्गलबार ०७:५६