बडिगाड गाउँपालिकाको रणसिंहकिटेनीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

बडिगाड गाउँपालिकाको रणसिंहकिटेनीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

थम्मन थापा

@समय नेपाल

२०७८ मङ्सिर २२ गते बुधबार ०६:५६

बागलुङ बजारदेखि झण्डै २८ कोष पश्चिममा अवस्थित विकट गाउँ रणसिंहकिटेनीमा नेपाल टेलिकमको ले फोर जी सेवा सञ्चालनमा ल्याएको छ । बडिगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ८ रणसिंहकिटेनीको सिमानामा अवस्थित बेतथलाको धुरीमा २५ मिटर अग्लो...

बागलुङ बजारदेखि झण्डै २८ कोष पश्चिममा अवस्थित विकट गाउँ रणसिंहकिटेनीमा नेपाल टेलिकमको ले फोर जी सेवा सञ्चालनमा ल्याएको छ ।

बडिगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ८ रणसिंहकिटेनीको सिमानामा अवस्थित बेतथलाको धुरीमा २५ मिटर अग्लो स्थायी टावर निर्माण गरि टेलिकमले सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

टेलिमकले उक्त स्थानमा २०६७ जेठ देखि पहिलो पटक टुजी सेवा शुभारम्भ गरेको थियो । २०६८ मा थ्रिजी सेवा थप गरेको टेलिकमले सेवाग्राहीलाई उच्च गतिको ईन्टरनेट डाटा सेवा र गुणस्तरिय भ्वाईस सेवा प्रदान गर्न सोमबारदेखि चौथो पुस्ताको मोवाईल सेवा प्रदान गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

ग्रामीण तथा विकट गाउँका नागरिकलाई सहज रुपमा सञ्चार सेवाको पहुँचमा जोडन उच्च गतिको ईन्टरनेट डाटा सर्भिस फोर जी र गणस्तरीय भ्वाईस सेवा भोल्टी सञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो । यस भन्दा पहिले उक्त स्थानमा १८ मिटरको पोल टावरबाट टेलिकमले टुजी र थ्रिजी सेवा प्रदान गर्दै आएको थियो ।

अहिले २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर चौथो पुस्ताको फोर जी सेवा शुभारम्भ भएपछि ग्रामिण क्षेत्रमा ईन्टरनेट चलाउन र उच्च गुणस्तरको आवाजमा फोन कल गर्न सुविधा भएको टेलिकमले जनाएको छ ।

बेतथला धुरी समुद्री सतहदेखि २५ सय मिटरको उचाईमा अवस्थित छ । टेलिकमको फोर जी सेवा शुभारम्भ भएपछि बडिगाड गाउँपालिकाको वडा नं ४ जलजला, वडा नं ७ भिमगिठे र वडा नं ८ रणसिंहकिटेनी सँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाका अधिकांश भू–भागका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको वडा नं ८ का वडा अध्यक्ष यम बहादुर श्रीस थापाले बताउनुभयो ।

गाउँमा ईन्टरनेट सुविधा नहुँदा साह्रै समस्या झेल्नुपरेको थियो टेलिकमले फोर जी सञ्चालनमा ल्याएपछि सजिलो भएको छ वडा अध्यक्ष श्रीसले भन्नुभयो । अहिले स्वास्थ्य चौकी, किटेनी माध्यमिक विद्यालय र वडा कार्यालयमा प्राईभेट ईन्टरनेट सेवा त छ तर आउने जाने गर्छ भरपर्दो छैन जसले गर्दा अनलाईनबाट गर्नुपर्ने काम दिनहुँ प्रभावित हुने गरेको उहाँको भनाई छ ।

पहिले नेटवर्क सिग्नल खोज्न डाँडा तिर धाउनु पर्ने बाध्यता थियो । अहिले गाउँघरमै बसेर उच्च गतिको ईन्टरनेट र गुणस्तरिय भ्वाईस कल सहितको टेलिकमको फोर जी सुविधा पाउँदा आफुहरु खुसी भएको स्थानिय राजेन्द्र श्रीसले बताउनुभयो ।

प्रकाशित मिति २०७८ मङ्सिर २२ गते बुधबार ०६:५६
प्रतिक्रिया दिनुहोस्