उत्तरगगां नमुना मा.वि की आर्चाय प्रथम
बुर्तिबाङ- लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाले बत्तृत्वकला प्रतियोगिता सम्पर्न गरेको छ ।
नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय उक्त प्रतियोगितामा १० ओटा विद्यालयबाट मात्र विद्यार्थीहरु सहभागी बनेको ढोरपाटन नगरपालिका शिक्षा शाखा प्राविधिक ज्ञानेन्द्र प्रकाश सापकोटाले बताउनुभयो । “घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने यस बर्षको नाराका साथ आयोजित प्रतियोगितामा उत्तरगगां नमुना माध्यमिक विद्यालयबाट अस्मिता आचार्य प्रथम,अर्नाकोट माध्यमिक विद्यालयबाट मौसमी कुवंर द्धितीय र शिवालय माध्यमिक विद्यालयका पुजा वि.क तृतीय भएका हुन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ७ हजार, द्धितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई रु ३ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगी विद्यार्थीहरुहरुले लैंगिक हिंसाका बारेमा आफ्नो प्रस्तुती दिएका हुन् ।
कार्यक्रमको उद्घाटन ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले गर्नुभएको थियो । निर्धारित समय भन्दा केहि ढिलो कार्यक्रम सुरु भएको हुदाँ कार्यक्रम सफलताको शुभकामना सहित नगर प्रमुख नेपाली कार्यब्यस्थताका कारण बाहिरीनु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख करमति पुनले यस अभियान अन्तरगत ढोरपाटन नगरपालिकाले विद्याथीहरुको प्रतिभा प्रस्फुट्को लागि “घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने यस बर्षको नारामा आधारित प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
मुलुकबाट सबै खालका हिंसाको बाधक बनेको गरिबी र पछौटेपनको अन्त्य हुनु पर्नेमा जोड दिनुभएको थियो । आर्थिक, धार्मिक, संस्कृतिक, लगायतका कारण समाजमा बढी महिला हिंसा हुने गरेको उहाँले बताउनुभयो ।
नगर उपप्रमुख पुनको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख सहित नरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत डिल्लीराम भट्टराई, वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी,वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण पुन,उत्तरगगां नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद पौडेल,महिला अधिकारकर्मी सीता कंडेल,प्रत्येक विद्यालयका शिक्षक प्रतिनिधीहरु,पत्रकार,नगरपालिकामा कार्यरत कर्मचारी,विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

















