नेकपा (मसाल) फुटाउने कि जुटाउने ?

नेकपा (मसाल) फुटाउने कि जुटाउने ?

सन्तबहादुर नेपाली

@समय नेपाल

२०७८ पुस २ गते शुक्रबार ११:३५

नेकपा (मसाल) केन्द्रीय सम्पर्क केन्द्रको प्रथम राष्ट्रिय भेलाले केन्द्रीय समन्वय समिति गठन गरेको कुरा सार्वजनिक भइसकेको छ । समन्वय समितिको गठनलाई लिएर विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् । कतिपय सकारात्मक टिप्पणीहरु आएका छन्...

नेकपा (मसाल) केन्द्रीय सम्पर्क केन्द्रको प्रथम राष्ट्रिय भेलाले केन्द्रीय समन्वय समिति गठन गरेको कुरा सार्वजनिक भइसकेको छ । समन्वय समितिको गठनलाई लिएर विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् । कतिपय सकारात्मक टिप्पणीहरु आएका छन् र कतिपय नकारात्मक पनि आएका छन् । यी दुवै थरी टिप्पणीहरुलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ र हामीले लिएका छौं पनि । तर कतिपय नकारात्मक टिप्पणी गर्दा विषयवस्तुलाई नबुझी उपरी ढंगबाट गर्ने टिप्पणी र हाम्रो धारणालाई बंग्याएर प्रहार गर्ने उद्देश्यले गरिने टिप्पणीलाई भने हामीले सकारात्मक मान्न सक्दैनौं ।

प्रथमतः हामी के स्पष्ट गर्न चाहन्छौं भने हामीले अहिले पार्टी निर्माण गरेका छैनौं । हामीले किन पार्टी निर्माण गरेनौं त रु हाम्रा अगाडि केही समस्याहरु छन् । आठौं महाधिवेशनले दक्षिणपन्थी नीति पारित गरेपछि पार्टी नेतृत्वले फरक विचार राख्ने कमरेडहरुलाई निष्काशनको सिलसिला शुरु ग¥यो । सयौं जिम्मेवार कमरेडहरु कार्वाहीमा पर्नु भयो । त्यो बेला हाम्रा अगाडि दुईवटा बाटाहरु थिएः एउटा, दक्षिणपन्थी नीतिको अगाडि आत्मसमर्पण गर्नु, र अर्को, पार्टीभित्र गलत नीतिहरुलाई सच्चाउन दबाब दिनु । हामीले, दोस्रो बाटो रोजेर पार्टीका गलत नीतिलाई सच्चाउन खोज्यौं ।

पार्टीभित्र तीब्र दुई लाइन संघर्ष चल्दै गयो । नेतृत्व आक्रमक भयो । फरक विचार राख्नेलाई कार्वाही गर्दै गयो । दुई लाइन संघर्षको पद्धति नबुझेको वा बुझेर पनि नबुझेको जस्तो भएर आफ्नो सामन्ती अधिनायकवादी, प्राधिकारवादी, स्वेच्छाचारी र नोकरशाही कार्यशैली नीति अपनाउन थाल्यो । त्यो पृष्ठभूमिमा विचार समूहको रुपमा सम्पर्क केन्द्र गठन गर्नु बाध्यतात्मक अवस्था थियो । कसैले त्यसलाई “पार्टीभित्र पार्टी” बनाएको भन्ने आरोप पनि लगाए। त्यसलाई फुटपरस्त गतिविधि पनि बताए । तर त्यो भनाई गलत थियो । हामीले पाँचौं महाधिवेशन पछि क। मोहनविक्रमको नेतृत्वमा गोप्य ढंगको भेला गरेका थियौं ।

त्यो वास्तवमा फुटपरस्त गतिविधि थियो । किनकि त्यति बेला क।मोहनविक्रम सहित चार जनालाइ मात्र कार्वाही गरिएको थियो । त्यो कार्वाही सहन नसकेर गोप्य भेला र गोरखपुर सम्मेलन गरेर नेकपा ९मसाल० गठन गरेका थियौं । त्यो वास्तवमै फुटपरस्त कार्य थियो । तर अहिले जनवर्गीय संगठनका सदस्य समेत हजारौंको संख्यामा कार्वाही गरिएको छ, तर पनि अहिलेसम्म पार्टी गठन गरेका छैनौं र विचार समूह मै छौं । क.मोहनविक्रम सिंहको दक्षिणपन्थी नीति, सामन्ती अधिनायकवादी, स्वेच्छाचारी, प्राधिकारवादी र नोकरशाही कार्यशैलीको विरोध गर्ने कमरेडहरुको समर्थनमा उहाँकै शैली अपनाएर पार्टी निर्माण गर्न सक्थ्यौं । तर त्यो गर्नुभन्दा महाधिवेशनले पारित गरेको दक्षिणपन्थी नीतिलाई सच्चाउन विशेष महाधिवेशनको प्रस्ताव ल्यायौं । त्यसलाई उहाँहरुले अस्वीकार गर्नु भयो र उल्टो पार्टी बनाएको आरोप लगाउँदै जानुभयो । हाम्रा उद्देश्य अलग पार्टी बनाउने थिएन र छैन । तर जवरजस्ती फुटपरस्तको आरोप लगाउनुभयो । हामीलाई उत्तेजित बनाउन उहाँ तमाम प्रकारका गालीगलौज गर्नुभयो ।

कार्यकर्ताको ठूलो पंक्ति पार्टीबाट निष्काशित भएपछि विचार समूह बनाउनुको कुनै विकल्प थिएन । वार्ताको ढोका बन्द गरिएपछि हामीले राष्ट्रिय भेला सम्पन्न गरेर फेरि पनि विचार समूह नै बनाएका छौं । नाम परिवर्तन भएको छ । सम्पर्क केन्द्र भन्दा समन्वय समिति के मानेमा फरक छ भने अब यसले पार्टीले गर्ने काम पनि गर्नेछ । किनकि मसाल नेतृत्वले सबैतिरबाट ढोका बन्द गरेपछि क्रान्तिकारीहरुका लागि मसाल नेतृत्वको निर्णय पर्खेर बस्नु भनेको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नु हो र त्यो हाम्रो लागि आत्महत्या बराबर हुन सक्छ ।

मसाल नेतृत्वले सबैभन्दा पहिले पार्टी फुटालिसकेको थियो । उसले नबलपुर जिल्ला समिति विघटन ग¥यो । भारत शाखा र दक्षिण भारत जिल्ला समिति विघटन ग¥यो । सयौं कमरेडहरु पन्छाउने काम ग¥यो । निर्वाचित समितिहरुलाई कार्वाही गर्ने र विचार मिल्ने साथीहरुलाई राखेर पार्टी बनाउने काम गरियो । स्वयं पार्टी नेतृत्वले फुटपरस्त काम ग¥यो । आफूले गरेको फुटपरस्त कार्यलाई ढाकछोप गर्न निस्काशितहरुमाथि फुटपरस्त भएको आरोप लगाउँदै आएको छ ।

मसाल नेतृत्वले हामीले राष्ट्रिय भेलाबाट समन्वय समिति गठन गरेकोमा खुशी प्रकट गरेको छ । उसको निष्कर्ष के छ भने यसबाट गलत मानिस सबै बढारिएर गएका छन् र मसाल अब सुदृढ र बलियो बन्न पुगेको छ । हामीले पार्टीलाई जुटाएर बलियो बनाउन चाहेका थियौं । तर मसाल नेतृत्वले फुटाएर बलियो बनाउन चाहेको प्रष्ट भएको छ । विगतमा कैयौं फुट भएका छन् । अझै कति फुट भएपछि मसाल सबै भन्दा शक्तिशाली हुने हो रु भन्ने कुरा अनुत्तरित नै छ ।

मसाल नेतृत्वले अझै पनि आफूलाई क्रान्तिकारी दावी गर्दैछ । त्यसका लागि जसलाई हामी माक्र्सवादका आधारभूत सिद्धान्तहरु विरुद्ध निर्णय गरेको भनेर प्रश्न उठाएका छौं, त्यसलाई अझै पनि सही र सत्य भएको भनेर नेतृत्वले दावी गरिरहेको छ । हामी वार्तामा त्यसबारेमा विस्तुत छलफल गर्ने कुरा उठाएपछि नेतृत्वले त्यही कारणले नै वार्ताको ढोका बन्द गर्न पुग्यो । आज उसले आफ्ना दक्षिणपन्थी नीतिलाई क्रान्तिकारी नीति दावी गरेको छ ।

मसाल नेतृत्वले निर्वाचन र जनसंघर्षको बारेमा समन्वय समितिले पहिले कै नीति अपनाएको भनेको छ । त्यही नीति मसालले अपनाउँदा दक्षिणपन्थी हुने आफूले अपनाउँदा क्रान्तिकारी हुने रु भनेर प्रश्न उठाएको छ । यसरी तर्क गर्नु अधिभूतवादी चिन्तन हो । मसाल नेतृत्वको समस्या यहीनिर छ । उसले चीजलाई सधै अधिभूतवादी ढंग हेर्दै आएको छ । हामीले उनीहरुले निर्वाचन र जनसंघर्षबारे अपनाएका नीतिका कारणले मात्र दक्षिणपन्थी भनेको होइनौं । आठौं महाधिवेशनद्वारा पारित प्रधान अन्तर्विरोध, लोकतान्त्रिक गणतन्त्र, जनसंघर्ष, निर्वाचन र सरकार, सर्वहारावर्गको अधिनायकत्व, संगठनात्मक कार्यशैली, जनवादी केन्द्रीयता आदि जस्ता दर्जनौं विषयमा मसाल नेतृत्वले दक्षिणपन्थी नीति अपनाएको हुनाले हामीले दक्षिणपन्थी बताएका थियौं ।

त्यति मात्र होइन, उहाँहरु दक्षिणपन्थी विसर्जनवाद तर्फ ओरालो लागि सक्नु भएको छ । आफ्नो बहुमत पक्षको पंक्तिलाई समेत एमालेतिर जान प्रोत्साहित गर्ने प्रकारले विश्लेषण गर्दै आउनु भएको थियो । अहिले थुप्रै ठाउँबाट एमालेतिर जाने क्रम बढेको छ । हामीलाई उहाँहरुले पहिलो कुरा पार्टी बनाउन सक्दैनन्, बनाई हाले भने पनि चलाउन सक्दैनन् । र, कुुनै पार्टीमा विलय हुन्छन् भनेर प्रचार गरिरहन् भएको छ । अहिले समन्वय समिति बनेपछि उहाँहरुले प्रतिगामी उन्मुख बताउनु भएको छ । पार्टीलाई फलानो पार्टीमा विलय गराउँछन् भनिरहनु भएको छ । यसप्रकारका सिद्धान्तहीन र क्षुद्र कुरा उठाउनुको पछाडि समन्वय समितिभित्र फुट होस् र त्यो संगठन छाडेर कार्यनीतिहरु अर्को पार्टीमा जाऊन् ।

समन्वय समितिले विशेष महाधिवेशन गर्न नसकोस भनेर नै कार्यकर्ताहरु भड्काउने प्रयास गरिरहनु भएको छ । उहाँहरुले आफूले पार्टीलाई एकताबद्ध पनि राख्न नसक्ने र भएका कार्यकर्ताहरुलाई पनि झुठा र नीच प्रकारका विचार प्रकट गरेर कार्यकर्ताहरुमा भ्रम पार्ने, निष्क्रिय बनाउने वा अर्को पार्टीमा जान पे्ररित गर्ने काम गर्नु भएको छ । यस प्रकारका काम विगतदेखि नै गर्दै आएको हामीले अध्ययन गरेर मसाल नेतृत्वको कार्यप्रणालीलाई दक्षिणपन्थी विसर्जनवाद समेत भनेका छौं ।

जहाँसम्म मसाल नेतृत्वले हामीलाई पार्टी चलाउन सक्दैनन् भनेर अफवाहहरु फैलाएको छ, हामी यत्ति मात्र भन्न चाहन्छौं कि हाम्रो पार्टीमा रुसी कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनको जस्तो स्थिति आएको हुुनाले हाम्रो काँधमा गम्भीर जिम्मेवारी आएको छ । यो जिम्मेवारी हामीले सकेर वा नसकेर बाध्य भएर लिनु परेको छ । सातौं महाधिवेशनको क्रान्तिकारी दिशालाई निरन्तरता दिनु र त्यसको विकास गर्नु पर्ने आजको अवस्थामा नेतृत्वले दक्षिणपन्थी दिशा समातेपछि हामीले त्यसलाई बेलैमा चिनेर त्यसका विरुद्ध विचार प्रकट गरेपछि मसाल नेतृत्व हाम्रा विरुद्ध आगो बनेर आएको छ ।

पार्टीलाई संशोधनवादी बनाउने उहाँहरुको आकांक्षामा बज्रपात भएको छ, पार्टीलाई दक्षिणपन्थी दिशामा लैजाने नियतको उजागर भएको छ । त्यसले गर्दा मसाल नेतृत्वमा बौखलाहटपन देखा परेको छ । यतिबेला हामीले क्रान्तिकारी विचारको रक्षालाई हाम्रो कार्यभार सम्झेका छौं । त्यसकारणले गर्दा मसाल नेतृत्वलाई आफ्ना दक्षिणपन्थी नीति सच्चाउन र पार्टीलाई एकताबद्ध बनाउन अझै मौका दिने नीति बनाएका छौं । नेतृत्व नसच्चिने हो भने पनि हामी आफ्नो कार्यदिशामा अगाडि बढ्दै जानेछौं । समन्वय समितिमा सयौं सक्षम, अनुभवी, योग्य, जुझारु, अध्ययनशील, लगनशील, अनुशासित र कुशल संगठनकर्ताहरु हुुनुहुन्छ ।

नेकपा (मसाल) लाई यसरी स्थापित गराउनुमा उहाँहरु कै योगदान रहेको थियो । त्यसकारण दक्षिणपन्थी नीतिको विरोध गरेकै कारण कसैले यिनीहरु प्रतिगामी होऊन् भनेर श्राप दिंदैमा कोही प्रतिगामी हुनेवाला छैन । बरु मसाल नेतृत्वले कांग्रेसपरस्त र चुनावपरस्त नीतिलाई छाडेर क्रान्तिकारी बाटोमा आयो भने त्यसले क्रान्तिकारी आन्दोलनलाई टेवा पुग्ने छ । हामीले मसाल नेतृत्वलाई अझै पनि सच्चाउन प्रयास गर्नेछौं ।

यदि त्यो प्रयास असफल भयो भने पनि हामी विशेष महाधिवेशन गरेर एउटा अनुशासित र जुझारु कम्युनिस्ट पार्टी निर्माण गर्नेछौं । पार्टी फुटाउने कि जुटाउने रु त्यो कुराको निर्णय गर्ने कामको जिम्मा हामीले मसाल नेतृत्वलाई नै दिएका छौं ।

स्रोत – हाँक साप्ताहिक

प्रकाशित मिति २०७८ पुस २ गते शुक्रबार ११:३५
प्रतिक्रिया दिनुहोस्