बागलुङको बुर्तिबाङमा गुडिरहेको बसको ढोकाबाट एक यात्रु खसेर घाईते

बागलुङको बुर्तिबाङमा गुडिरहेको बसको ढोकाबाट एक यात्रु खसेर घाईते

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ पुस ५ गते सोमबार ०५:१२

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बाट काठमाण्डौको लागि छुटेको ना ५ ख २३९३ नम्बरको बसको ढोकाबाट खसेर एक यात्रु घाईते भएका छन् । बुर्तिबाङ देवचोकमा गुडिरहेको उक्त बसको ढोकाबाट खस्ने बडिगाड गाउँपालिका ४ निवासी...

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बाट काठमाण्डौको लागि छुटेको ना ५ ख २३९३ नम्बरको बसको ढोकाबाट खसेर एक यात्रु घाईते भएका छन् ।

बुर्तिबाङ देवचोकमा गुडिरहेको उक्त बसको ढोकाबाट खस्ने बडिगाड गाउँपालिका ४ निवासी बल बहादुर काउचा रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । घाईते काउचाको खुट्टा र हातमा चोट लागेको र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चिात पोखरा रेफर गरिएको जनाईएको छ ।

करिव ४ बजेको समयमा घाईते काउचा बुर्तिबाङबाट काठमाण्डौ हिडेरको बसमा बडिगाडको खौलार सम्म जान भनि हिडेरको उल्लेख गरिएको छ । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
बसबाट यात्रु खसेपछि उक्त बसका यात्रुलाई अर्को बस मार्फत गन्ततव्य तर्फ पठाईएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति २०७८ पुस ५ गते सोमबार ०५:१२
प्रतिक्रिया दिनुहोस्