अध्यक्षमा तेजिन्द्र शेरबुर्जा चयन
बुर्तिबाङ- अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) को प्रथम ढोरपाटन नगर सम्मेलन बिहिबार बुर्तिबाङमा सम्पन्र्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल छैठौ गण्डकी प्रदेश कोषाध्यक्ष मिलन सुनारले राष्ट्रघाती एमसिसी विरुद्ध सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताउनुभयो ।
उहाँले शैक्षिक निजीकरण, व्यापारीकरणका विरुद्ध विद्यार्थीहरूले आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको बताउदैँ देशमा जरो गाडेर बसे रूढीवादी प्रथा, अन्धविश्वास जस्ता कुप्रथाको अन्त्य र शिक्षा क्षेत्रमा रहेका विक्रिति अन्त्य अब विद्यार्थीबाट नै सम्भव रहेको बताउनुभएको थियो ।
कार्यक्रममा राष्टिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डे,अखिल नेपाल बुद्धिजिवी संघका केन्दिय सदस्य धन बहादुर कुवंर,रा.ज.मो ढोरपाटन १ का अध्यक्ष,दल बहादुर भण्डारी,रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव सहविन अर्गेजा,रा.ज.मो ढोरपाटन नगर अध्यक्ष दिपक थापा,अखिल नेपाल शिक्षक संघका ढोरपाटन नगर सल्लाहकार टिका बहादुर पुन, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शुभकामना मन्तव्य राख्ने वक्ताहरूले अब सम्पूर्ण विद्यार्थी संगठनमा आबद्ध भएर विद्यार्थीको हक–अधिकार प्राप्तिका निम्ति लड्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।
सम्मेलनले तेजिन्द्र शेरबुर्जाको अध्यक्षतामा १३ सदस्य कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा हिमाल सुनार,सचिवमा सर्मिला वि.क,सहसचिवमा तुफान श्रीपाली,कोषध्यक्षमा शिखर वि.क, सदस्यहरुमा सुनौला सुनार,केशव वि.क,सरिता खनाल,इश्वरी अर्गेजा,दिप्जन रसाईली,सर्मिला खाती,सन्दिप क्षेत्री र जुना अग्र्रेजा चयन भएका छन् ।
नवनिर्वाचित समितिलाई कार्यक्रममा सहभागि वक्ताहरुले बधाइ तथा शुभकामना दिनुभएको थियो । सपथ ग्रहण पछि समितिको तर्फबाट अध्यक्ष तेजिन्द अर्गेजाले प्रतिबद्धता जाहेर गर्नु भएको थियोे । सम्मेलनले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ ।
निवर्तमान नगर उपाध्यक्ष एलिना सिर्पालीको अध्यक्षता रहेको कार्यक्रममा मोनिका भण्डारीको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन मदन भुसालले गर्नुभएको थियो । सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको प्रस्तुति समेत रहेको थियो ।












