चिसो बढेसँगै बागलुङ निसीखोलाका ४३ विद्यार्थीलाई न्यानो कपडा वितरण

चिसो बढेसँगै बागलुङ निसीखोलाका ४३ विद्यार्थीलाई न्यानो कपडा वितरण

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ पुस ११ गते आईतबार ०८:२४

बुर्तिबाङ- बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । शनिबार निसीखोला गाउँपालिका स्थित ६ ओटा विद्यालयमा पढने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको हो । गाउँपालिका भित्रको सुर्य...

बुर्तिबाङ- बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । शनिबार निसीखोला गाउँपालिका स्थित ६ ओटा विद्यालयमा पढने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको हो ।

गाउँपालिका भित्रको सुर्य प्रा.वि याङमिङका ५ जना, जन जागृति प्रा.वि छापखानीका ७ जना,घुमाउनी प्रा.वि धुस्यौलीका ७ जना,पशुपति नि.मा.वि का ६ जना,बोहोरागाउँ प्रा.वि का १० जना र कर्ण मा.वि ढुवाखोरका ८ जना गरि ४३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्विटर र टोपी वितरण गरिएको सामाजिक अभियान्ता पुजन केसीले बताउनुभयो ।

रोजगारीको लागि दक्षिण कोरियामा रहनु भएका समाजसेवी भुमीराज भुषाल,केदार घिमिरे लगायतका सहगोगी मनहरुको आर्थिक सहयोगमा सामाजिक कार्यमा सक्रिय रहनुभएका अभियान्ता पुजन केसी मार्फत रु ४५ हजार बराबरको न्यानो कपडा विभिन्न ६ ओटा विद्यालयमा पढने असाय अशक्त विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच वितरण गरिएको थियो । न्यानो कपडा बितरणका लागि राखिएको कार्यक्रममा शिक्षक,विद्याथी,अभिभावक लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

कपडा वितरण गर्दै समाजसेवी केसीले स–साना विद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा सहयोगीहरुलाई धन्यवाद समेत दिनुभएको थियो । उहाँले विद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा निजि क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनुभयो ।

कार्यक्रममा सहभागि अभिभावकहरुले विद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक बिद्यालयमा पढन आउन जान मद्दत पुग्ने बताएका हुन् । आर्थिक अबस्था कम्जोर भएकै कारण केहि विद्यार्थी विद्यालयमा आउदा एकसरो कपडा समेत लगाउने गरेका थिए ।

चिसो बढ्दै गएसँगै असाय अशक्त विद्यार्थीहरु निसीखोला गाउँपालिका भित्रका विभिन्न विद्यालयमा रहेको भन्ने थाहा भएपछि आर्थिक सहयोग गरेको भुमीराज भुषालले जानकारी दिनुभयो । रोजगारीको लागि प्रदेशमा रहेपनि आफ्नो ठाउँमा सामाजिक कार्यहरुमा सक्दो सहगोग गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

प्रकाशित मिति २०७८ पुस ११ गते आईतबार ०८:२४
प्रतिक्रिया दिनुहोस्