सोमबार र मंगलबार छुटेकालाई भोली बुधबार पनि लगाईने
बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा सोमबारबाट कोरोना भाईरस कोभिड १९ विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।
जस अन्तरगत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पहिलो दिन सोमबार ६ सय ८७ जना र दोस्रो दिन आज ६ सय ९७ जनालाई कोरोना भाईरस कोभिड १९ विरुद्धको दोस्रोे मात्राको भेरोसेल खोप लगाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम शर्माले जानकारी दिनुभयो ।
नगरपालिका भित्रका सम्पुर्ण स्वास्थ्य चौकीहरुबाट दोस्रो मात्राको खोप लगाउने कार्यक्रम चलिरहेको प्रमुख शर्माले बताउनुभयो । पालिका भरको एकिङ डाटा भने आईनसकेको उहाँको भनाई छ । यस्तै गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पहिलो मात्राको भेरोसेल खोप लगाई ३ हप्ता पुरा भएका १२१ जना र एष्ट्राजेनिका खोपको दोस्रो डोज लगाउने २२ जना रहेको नर्स पार्वती अर्यालले बताउनुभयो ।
पहिलो मात्रा लगाईसकेका हिजो र आज खोप लगाउन छुटेकालाई भोली बुधबार पनि खोप लगाईने उहाँले बताउनुभयो । अनिवार्य रुपमा खोप कार्ड सहित नजिकको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा पुगि खोप लगाउन ढोरपाटन नगरपालिकाले आग्रह गरेको छ ।










