गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ मा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
प्रतियोगितामा गलकोटमै पहिलो पटक सर्वाधिक पुरस्कार राशि २ लाख ११ हजार १ सय ११ बराबरको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्धितिय हुने समुहले १ लाख ११ हजार १ सय ११ र तृतिय हुने समुहले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यहि पौष १५ गते देखि २६ गते सम्म आयोजना गरिएको महोत्सवमा भलिबल सँगै अन्य प्रतियोगिताहरु समेत सञ्चालन गरिने ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेले जानकारी दिनुभयो ।
भलिबल खेल गलकोटमा निकै प्रचलित खेल भएको र भलिबलबाट नै गलकोटका खेलाडिहरुले गलकोटको खेल क्षेत्रको विकासमा भुमिका खेल्दै आएकोले आगामी दिनहरुमा पनि भलिबल खेल प्रति गलकोटे खेलाडिहरुको लगाव बढाउनका लागि पनि महोत्सवमा भलिबलमा सर्वाधिक राशिको पुरस्कार राखिएको पाण्डेले बताउनुभयो ।
खेलमा देशका विभिन्न स्थानहरुबाट उत्कृष्ट खेलाडी र समुहको सहभागीता हुने भएकोले पनि भलिबल खेल खेलाडिहरुको लागि मात्र नभएर हेर्न दर्शकको आकर्षणको रुपमा समेत महोत्सवमा समावेश गरिएको ड्रिम टिम गलकोटका सचिव केशव बस्नेतले बताउनुभयो ।
११ दिन सम्म गलकोटको मजुवाफाँटमा सञ्चालन हुने महोत्सवमा फुटसल प्रतियोगिता, रत्यौली प्रतियोगिता, भ्वाईस अफ गलकोट, गलकोट डान्स च्याम्पिएन, माछा छोप्ने प्रतियोगिता कालिलेख दौड लगायतका प्रतियोगिताहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।
जस अन्तरर्गत फुटसल प्रतियोगिताको प्रथम ४५ हजार द्धितिय २० हजार, रत्यौली प्रतियोगिताको प्रथम २५ हजार ५ सय ५५, द्धितिय ११ हजार १ सय ११ र तृतिय ५ हजार ५ सय ५५ भ्वाईस अफ गलकोटको प्रथम ५५ हजार ५ सय ५५, द्धितिय २१ हजार १ सय ११, गलकोट डान्स च्याम्पिएनको प्रथम ६१ हजार १ सय ११, द्धितिय २५ हजार ५ सय ५५, माछा छोप्ने प्रतियोगिताको पुरस्कार ८ हजार ८ सय ८८ र कालिलेख दौड प्रतियोगिताको प्रथम १५ हजार ५ सय ५५ र द्धितिय ७ हजार ७ सय ७७ पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ ।










