बुर्तिबाङमा शुक्रबारबाट अन्तरवडा स्तरीय ताराखेल प्रतियोगिता सुरु

बुर्तिबाङमा शुक्रबारबाट अन्तरवडा स्तरीय ताराखेल प्रतियोगिता सुरु
२०७८ पुस १७ गते शनिवार ०८:५२

बागलुङको बुर्तिबाङमा बुक्रबारबाट अन्तरवडा स्तरीय ताराखेल अर्थात आर्चरी प्रतियोगिता सुरु भएको छ । बुर्तिबाङ आर्चरी क्लबको आयोजनामा आजबाट बागलुङ जिल्ला भित्रको अन्तर वडा स्तरी तारा हान्ने खेल सुरु भएको आयोजकले बताएको छ । प्रतियोगितामा...

बागलुङको बुर्तिबाङमा बुक्रबारबाट अन्तरवडा स्तरीय ताराखेल अर्थात आर्चरी प्रतियोगिता सुरु भएको छ । बुर्तिबाङ आर्चरी क्लबको आयोजनामा आजबाट बागलुङ जिल्ला भित्रको अन्तर वडा स्तरी तारा हान्ने खेल सुरु भएको आयोजकले बताएको छ ।

प्रतियोगितामा जिल्लाभरबाट ५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ४० हजार कप मेडल र प्रमाणपत्र,द्धितिय हुनेलाई नगद रु २५ हजार मेडल र प्रमाणपत्र र तृतिय हुनेलाई नगद रु १५ हजार मेडल र प्रमाणपत्र रहेको मेला संयोजक सेरमान बुढाले बताउनुभयो ।

खेल २१ डोरको हुने र शुक्रबार ६ डोरको खेल भैसकेको उहाँले बताउनुभयो । आज बाकीँ १५ डोरको खेल  बुर्तिबाङ लक्ष्मी कुण्डको नयाँ पुल नजिकै हुने जनाईएको छ । कार्यक्रममा प्रथम पुरस्कार सौजन्य प्रि आर्मी टे«निङ स्कुलले गरेको थियो ।  बजार र्याली सहित कार्यक्रम शुभारम्भ भएको थियो । आर्मी टे«निङ स्कुलका सञ्चालक सुबेदार ढाल बहादुर पुनले उद्घाटन गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन हिकमत जक्तपुरीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७८ पुस १७ गते शनिवार ०८:५२
प्रतिक्रिया दिनुहोस्