बागलुङ गलकोटको आकाशमा हेलिकप्टरबाट दृश्यावलोकन गर्ने ब्यबस्था,रमाउदैं गलकोटे

बागलुङ गलकोटको आकाशमा हेलिकप्टरबाट दृश्यावलोकन गर्ने ब्यबस्था,रमाउदैं गलकोटे

घनश्याम गौतम

@समय नेपाल

२०७८ पुस १९ गते सोमबार १२:२१

बागलुङ गलकोटको आकाशमा रमाउने गलकोटे नागरिकको चाहाना पुरा हुने भएको छ । हेलिकप्टरबाट गलकोट क्षेत्र सहित प्रसिद्ध घुम्टेका सिद्ध भैरबको मन्दिर दर्शन गर्ने ब्यबस्था गरि हेलिकप्टर गलकोट ल्याईएको गलकोट खेलकुद तथा सास्कृतिक महोत्सव...

महोत्सव स्थलमा आईपुग्यो कैलाश हेलिकप्टर

बागलुङ गलकोटको आकाशमा रमाउने गलकोटे नागरिकको चाहाना पुरा हुने भएको छ । हेलिकप्टरबाट गलकोट क्षेत्र सहित प्रसिद्ध घुम्टेका सिद्ध भैरबको मन्दिर दर्शन गर्ने ब्यबस्था गरि हेलिकप्टर गलकोट ल्याईएको गलकोट खेलकुद तथा सास्कृतिक महोत्सव आयोजकले जनाएको छ ।

महोत्सवमा आम नागरिकले खोजेको महत्वपुर्ण रुचिको बिषयलाई समेट्ने क्रममा आज हेलिकप्टरबाट दृश्यावलोकन गर्ने ब्यबस्था गरेको हेलिकप्टर संयोजक हरि खत्रीले बताउनुभयो ।

महोत्सवमा दर्शकको रोजाई तथा माग अनुसार हेलिकप्टरबाट गलकोट क्षेत्रको दृश्याबलोकन गर्ने अवसर प्रदान गर्न कैलाश हेलिकप्टर गलकोट ल्याईएको खत्रीको भनाई छ । आज देखी निरन्तर दर्शकको संङ्ख्या तथा चाप अनुसार महोत्सव अबधीमा गलकोटको आकाशमा हेलिकप्टरबाट दृश्याबलोकनको ब्यबस्था गरिएको ड्रिम टिम गलकोटका संयोजक रुपक पाण्डेको भनाई छ ।

आज दिउसो १२ः१५ देखी निरन्तरफाईट हुने भएकोले हेलिकप्टरबाट दृश्यावलोकनको लागी टिकट बुकिङ गर्नुभएका दर्शक तथा यात्रुहरु दिउसो १२ बजे भित्र महोत्सब स्थलमा आईपुग्नुपर्ने आयोजकले जनाएको छ ।

आज कालिलेक हुदै घुम्टे दर्शनको उडान हुने कैलाश हेलिकप्टरले जनाएको छ । दर्शकको संङख्याको आधारमा गलकोटको कालिलेक हुदैं घुम्टे दर्शन तथा ढोरपाटनको उडान समेतको व्यबस्था गरिएको आयोजकले जनाएको छ ।

हेलिकप्टरबाट अबलोकन गर्नको लागी बुकिङ गर्नुभएका यात्रुले हेलिकप्टर संयोजक हरि खत्री वा ९८५६०७६९९१ मा सम्पर्क गर्न कार्यक्रम संयोजक होम थापाले जानकारी दिनुभयो ।

महोत्सवको बिशेष आर्कषणको रुपमा रहेको हेलिकप्टरबाट दृश्यावलोकन सोमबार बाट हुने भएपछि हेलिकप्टर गलकोट आईपुगेकोले दर्शकहरु उत्साहित भएका छन् । आज हेलिकप्टर मार्फत कालिलेक हुदै गलकोटको मुख्य पर्यटकिय क्षेत्र बागलुङ जिल्लाकै अग्लो पहाड घुम्टेको अवलोकन गर्ने ब्यबस्था गरिएको छ ।

प्रकाशित मिति २०७८ पुस १९ गते सोमबार १२:२१
प्रतिक्रिया दिनुहोस्