हिउँ खेल्नेलाई ढोरपाटनको विकल्प निसीखोलाको सिप क्षेत्र, हिउँमा रमाउनेको सङ्ख्या बढ्दो

हिउँ खेल्नेलाई ढोरपाटनको विकल्प निसीखोलाको सिप क्षेत्र, हिउँमा रमाउनेको सङ्ख्या बढ्दो
२०७८ पुस २० गते मङ्गलबार ०८:५७

मध्यपहाडी लोकमार्गले एक दशक अगाडी नै जोडिएपनि खास्सै विकास र चर्चामा आउन नसकेको बागलुङ निसीखोला ६ को सिप क्षेत्र पछिल्ला केहि दिन चर्चामा रहन पुग्यो । लोकमार्ग पिच भएपछि सहज यात्राको कारण हिउँमा रमाउने आन्तरिक पर्यटकका कारण प्रचारप्रसार...

मध्यपहाडी लोकमार्गले एक दशक अगाडी नै जोडिएपनि खास्सै विकास र चर्चामा आउन नसकेको बागलुङ निसीखोला ६ को सिप क्षेत्र पछिल्ला केहि दिन चर्चामा रहन पुग्यो । लोकमार्ग पिच भएपछि सहज यात्राको कारण हिउँमा रमाउने आन्तरिक पर्यटकका कारण प्रचारप्रसार हुन थाल्यो । प्रचारप्रसारकै कारण अहिले यस ठाउँ जिल्लामा उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

बागलुङ र पूर्वी रुकुमको सिमानाभन्दा केही तल रहेको सिप पछिल्लो समय टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा छरप्रस्ट छ । सिप र लुप्राबाङलाई केही दिन अगाडी परेको हिमपातले गर्दा अझै बढी चिनाएको छ । यी दुबै ठाउँ लोकमार्गमै पर्छन् । यसभन्दा अगाडी आन्तरिक पर्यटकहरु सिधै सिमाना पुग्ने गर्थे भने अहिले सिमानासम्म पुग्ने अवस्था थिएन । हिउँले बन्द सडक सोमबारबाट खुलाईको छ ।

अवरद्ध सडकले गर्दा यही क्षेत्रमा सयौँ मानिसहरुलाई हिउँ खेल्ने अवसर प्राप्त भएको छ । हिउँ नपर्दा सयौँ नागरिकहरु बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्ने पुग्ने गर्थे । अहिले सिमाना घुम्न हिँडेकाहरु पनि सिप र लुप्राबाङबाटै फर्किएर आउने गरेका छन् । सिमाना पुगेर हिउँ खेल्नेहरु अहिले यही क्षेत्रमा खेल्न पाएका छन् । हिउँ परेपछि सिप क्षेत्रमा करिब पाँच हजार बढी मान्छे घुम्न पुगेको स्थानीयको अनुमान छ ।

हिउँ खेल्न आउने मानिसहरुको भिड दिनदिनै बढ्दै गएको स्थानीय ओम घर्ती मगरले जानकारी दिनुभयो । उहाँले मान्छेहरुको आगमन धेरै भएपछि होटल व्यवसयाहरु पनि राम्र्रो चलेको बताउनुभयो । घर्तीले पछिल्लो ४-५ दिनको अवधीमा सिप क्षेत्रका होटल व्यवसयाहरुले राम्रो आम्दानी गरेको जानकारी दिनुभयो ।

यस पटक नेपालकै एक मात्र सिकार आरक्ष रहेको क्षेत्रमा बाटो अप्ठ्यारो भएकै कारण धेरै मानिसहरु जान सकेनन् । हिउँमा रमाउनेलाई ढोरपाटनको विकल्प निसीखोलाको सिप क्षेत्र बनेको हो । घर्तीका अनुसार यो समय निसीखोला क्षेत्रमा स्थानीय उत्पादनहरुले पनि राम्रो मूल्य पाएको हुदाँ, स्थानीयहरुपनि खुसी भएका छन ।

गत बुधबारदेखि शुक्रबारसम्म दैनिक पाँच सय बढी र शनिबार एकै दिन करिब दुई हजार मानिहरु हिउँ खेल्न सिप क्षेत्रमा पुगेको स्थानीयको भनाई छ । बालबालिकादेखि वृद्धवृद्धासम्म हिउँ खेल्न पुगेका थिए । बागलुङको विभिन्न क्षेत्र र गुल्मी लगायतका विभिन्न ठाउँबाट मानिसहरु हिउँ खल्ने सिप पुगेको जनाईएको छ ।

प्रकाशित मिति २०७८ पुस २० गते मङ्गलबार ०८:५७
प्रतिक्रिया दिनुहोस्