बागलुङ जिल्लाको निसीखोला गाउँपालिका ३ मा रहेको प्रभा माद्यामिक विद्यालयमा पढने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको छ ।
पछिल्लो समय समाज सेवामा सक्रिय रहनु भएका निसिखोलाकै ४ थापागाउँ घर भै हाल रोजगारीको शिलशिलामा दुबैमा रहनु भएका भुपाल रेग्मीले छोराको जन्मदिनको अवसमा उक्त रहयोग गर्नुभएको हो । छोरा दिपेन्द्र रेग्मीको जन्मदिनको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थी केहि राहत स्वरुप सक्दो सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
निसीखोला गाउँपालिका ३ मा रहेको प्रभा माध्यमिक विद्यालयका अध्ययनरत २६ जना छात्र र २० जना छात्रा गरि ४६ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुहरुलाई स्विटर र टोपी प्रदान गरिएको स्थानिय सामाजिक अभियान्ता पुजन केसीले बताउनुभयो । समाजसेवी रेग्मीले पठाउनुभएको ५० हजार रकमबाट विद्यार्थीहरुलाई जाडो समयमा न्यानोको लागि उक्त कपडा प्रदान गरिएको केसीको भनाई छ ।
रेग्मीले आफ्नो क्षेत्रमा निरन्तर सेवा गर्दै आउनु भएको छ । बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा प्रदान गरिएको हो । कार्यक्रममा शिक्षक,विद्याथी,अभिभावक लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
न्यानो कपडा वितरण गर्दै समाजसेवी केसीले स–साना विद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा सहयोगीहरुलाई धन्यवाद समेत दिनुभएको थियो । उहाँले विद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा राम्रो सन्देश जाने भन्दै अनावशेक खर्चलाई कटाएर समाजसेवामा लगाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।












