एमालेको बागलुङ जिल्ला अधिबेशनमा अध्यक्षको प्रतिवेदन-नेकपा एसको भण्डाफोर, राजमोसँग एकता र संघर्ष गर्ने

एमालेको बागलुङ जिल्ला अधिबेशनमा अध्यक्षको प्रतिवेदन-नेकपा एसको भण्डाफोर, राजमोसँग एकता र संघर्ष गर्ने
२०७८ पुस २४ गते शनिवार ०६:५१

नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिबेशन अन्तरगत शनिबार देखि बन्दसत्र सुरु भएको छ । शुक्रबार उद्घाटन भएको अधिबेशनमा शनिवार सुरु भएको बन्दसत्रले नयाँ नेतृत्व चयन गरेर सकिने छ । शनिबार बन्दसत्रमा कार्यबहाक अध्यक्ष कृष्ण पाठकको...

गलकोट र ताराखोलामा सर्वसम्मत भुगोल सदस्य चयन

नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिबेशन अन्तरगत शनिबार देखि बन्दसत्र सुरु भएको छ । शुक्रबार उद्घाटन भएको अधिबेशनमा शनिवार सुरु भएको बन्दसत्रले नयाँ नेतृत्व चयन गरेर सकिने छ । शनिबार बन्दसत्रमा कार्यबहाक अध्यक्ष कृष्ण पाठकको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक समितिको प्रतिवेदनमाथी छलफल पछि बन्दसत्र नेतृत्व चयनमा प्रबेश गरेको छ । दुई दिनका लागि भनिएको अधिबेशनको समय समेत थप एको छ ।

अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरेको भएपनि सर्वसम्मत र निर्वाचनको प्रकृया दुवै बिधिबाट नेतृत्व चयनको प्रकृया अघि बढेको एक नेताले बताउनुभयो । कार्यबहाक अध्यक्ष पाठकले अधिबेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा बागलुङमा नेकपा एमाले पहिलो पार्टी भएको दावी गरिएको छ । हरेक क्षेत्रमा प्रतिद्वन्दी मानिएको कांग्रेसलाई दोस्रो स्थानमा राखिएको छ ।

बागलुङमा राष्ट्रिय जनमोर्चासँग एकता र संघर्षको नीति लिने र अन्य दलहरुसँग संघर्षको नीति बनाईने प्रतिवेदनमा उल्लेख छ । एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजबादीका कृयाकलापको भण्डाफोर गर्ने नीति लिएको एमालेले माओबादीलाई ढुलमुले अबसरबादी चरित्रको भनेको छ ।

प्रतिवेदनमा संगठन बिस्तारदेखि सदस्यता बिस्तार सम्मका कार्यक्रम समावेश भएका छन् । पार्टी प्रवेश र घर फर्क अभियानलाई जनस्तरमा पु¥याउने एमालेको नीति छ । प्रतिवेदनले कांग्रेसले छर्ने भ्रम चिर्नका लागि बाम एकताको आवश्यकता औंल्याए पनि बाम शक्तिहरुसँग भने असन्तुष्टीको आवाज बोलेको छ ।

बन्दसत्रमा प्रतिवेदनमाथी नेता र प्रतिनिधिहरुले धारणा राखेपछि उमेद्वारी दर्ताको प्रकृया सुरु भएको छ । आईतबार बिहान ८ बजेदेखि मतदान हुनेगरी निर्वाचन समितिले कार्यसूचि सार्वजनिक गरेको छ । पदाधिकारी लगायत सदस्यहरुमा आकांक्षी धेरै रहेकाले मतदान प्रकृयाबाट नेतृत्व चयन हुने एक नेताले बताउनुभयो ।

यस्तै नेकपा एमालेको नवौँ जिल्ला अधिवेनबाट भूगोल तर्फको सदस्यमा ताराखोला गाउँपालिकाबाट तीन जना मात्रै अकांक्षी देखिएका छन् ।

पालिका कमिटिले गरेको छलफलमा तीन जनाको मात्रै अकांक्षा रहेकाले भूगोल तर्फ ताराखोलाबाट सर्वसम्मत रुपमा सदस्य चयन हुने एक नेताले बताउनुभयो । जिल्ला सदस्य भुगोल तर्फको आकांक्षीमा धनप्रसाद बुढा, हर्कबहादुर विक र टिकादेवी पुन रहेका छन् ।

त्यस्तै भूगोल तर्फको सदस्यमा गलकोट नगरपालिकाबाट तीन जना सर्वसम्मत रुपमा चयन हुने नगर कमिटिले जनाएको छ । गलकोटबाट निर्वाचित हुन पाउने तीन जनाको कोटामा तीन जना मात्रै अकांक्षी छन् । फरिन्द्र थापा, पदम कार्की र मणिकर्ण परियारले सदस्यमा अकांक्षा राखेका छन् । ढोरपाटन न्युज

प्रकाशित मिति २०७८ पुस २४ गते शनिवार ०६:५१
प्रतिक्रिया दिनुहोस्