नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी ३२९ मत सहित निर्वाचित

नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी  ३२९ मत सहित निर्वाचित
२०७८ पुस २६ गते सोमबार ०८:३०

बागलुङ- नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित हुनुभएको छ । केसीले ३२९ मत ल्याएर निर्वाचित हुनुभएको एमाले बागलुङका निर्वाचन अधिकृत राम शर्माले जानकारी दिनुभयो । एमाले अध्यक्षमा तीन जनाको प्रतिस्प्रर्धा रहेको...

बागलुङ- नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित हुनुभएको छ । केसीले ३२९ मत ल्याएर निर्वाचित हुनुभएको एमाले बागलुङका निर्वाचन अधिकृत राम शर्माले जानकारी दिनुभयो । एमाले अध्यक्षमा तीन जनाको प्रतिस्प्रर्धा रहेको थियो ।

एमाले अध्यक्षका अर्का प्रत्यासी कृष्ण पाठकले २२८ मत र मेहर सिंह पाइजाले ३४ मत प्राप्त गर्नुभएको थियो । ६३६ मतदातामा आइतबार भएको मतदानमा ६०२ मत मात्रै खसेको थियो । निर्वाचनमा ११ मत बदर भएको छ।

एमालेको अध्यक्ष, उपसचिव र खुल्ला पुरुष सदस्य गरी जम्मा ३० पदमा मात्रै निर्वाचन भएको थियो । एमालेको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल सर्वसम्मत चयन भइसक्नुभएको छ । यस्तै नेकपा एमालेको उपसचिवमा गणेश थापा र डम्मर बहादुर श्रीस विजयी हुनुभएको छ । निर्वाचनमा थापाले २९९ र श्रीसले २२८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत राम शर्माले बताउनुभयो ।

दुई उपसचिव पदमा ६ जनाको प्रतिस्प्रधा रहेको थियो । उपसचिवमा प्रतिस्प्रधा गर्ने प्रेम लामिछानेले १०७, नेत्र विष्ट ११३, चित्राकला श्रीसले १५९ र राम बहादुर जिसीले १६४ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार ०८:३०
प्रतिक्रिया दिनुहोस्