ड्रिमटिम गलकोटद्वारा आयोजित गलकोट कप भलिबलको फाईनलमा गलकोट र विरुवा भिड्ने

ड्रिमटिम गलकोटद्वारा आयोजित गलकोट कप भलिबलको फाईनलमा गलकोट र विरुवा भिड्ने

घनश्याम गौतम

@समय नेपाल

२०७८ पुस २७ गते मङ्गलबार ०८:०७

गलकोट- ड्रिमटिम गलकोटद्वारा आयोजित  गलकोट सास्कृतिक तथा खेलकुद महोत्सवमा आयोजित अन्तरपालिका स्तरीय गलकोट कप पुरुष भलिबल प्रतियोगितामा गलकोट नगरपालिका र बिरुवा गाँउपालिका स्याङजा फाइनल प्रवेश गरेका छन् । आइतवार भएको खेलमा गलकोट...

गलकोट- ड्रिमटिम गलकोटद्वारा आयोजित  गलकोट सास्कृतिक तथा खेलकुद महोत्सवमा आयोजित अन्तरपालिका स्तरीय गलकोट कप पुरुष भलिबल प्रतियोगितामा गलकोट नगरपालिका र बिरुवा गाँउपालिका स्याङजा फाइनल प्रवेश गरेका छन् ।

आइतवार भएको खेलमा गलकोट नगरपालिका समुह बि लाई पराजित गदैं गलकोट नगरपालिका समुह ए फाईनलमा प्रवेश गरेको हो ।

गलकोट नगरपालिका समुह वि लाई १–३ को सेटमा पारजित गर्दै गलकोट ए फाइनल प्रवेश गरेको हो । त्यस्तै निसिखोला गाँउपालिकालाई १–३ मा पराजित गर्दै स्याङजाको विरुवा गाँउपालिकाले फाईनलको यात्रा तय गरेको हो ।

मंगलबार फाईनल खेलमा गलकोट नगरपालिका र स्याङजाको बिरुवा गाउँपालिका बिच प्रतिस्प्रर्धा गर्ने महोत्सवको खेल संयोजक कृष्ण शेरचनले बताउनुभयो ।

महोत्सवमा सोमबार निसीखोला गाउँपालिका र जैमिनी नगरपालिकाबीच अन्तिम क्वटर फाइनल खेलमा निसिखोला गाँउपालिका सेमिफाईनल प्रवेश गरेपनि बिरुवासंग पराजित हुदाँ फाईनल यात्रामा पूर्ण बिराम लागेको थियो । महोत्सवमा १६ वटा टिमले भाग लिएका थिए

गलकोट नगरपालिका वडा नंं ६ को मजुवा फाँटमा पुसको १६ गतेदेखि सुरु भएको महोत्सवमा भलिबल प्रतियोगिता अत्याधिक रुचाईएको प्रतियोगिता हो । प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्धितिय हुने समुहले  १ लाख ११ हजार १ सय ११ र तृतिय हुने समुहले ५० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०७८ पुस २७ गते मङ्गलबार ०८:०७
प्रतिक्रिया दिनुहोस्