ढोरपाटन नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आजबाट बन्द

ढोरपाटन नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आजबाट बन्द
२०७८ पुस २७ गते मङ्गलबार ०७:४६

कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि बागलुङमा पनि तत्काल शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका...

कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि बागलुङमा पनि तत्काल शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।

मन्त्रालयले बार्षिक विदामा समायोजन हुने गरि शैक्षिक संस्थाहरु बन्द गर्न भनेपछि जिल्लाको ढोरपाटन नगरपालिका सहितका विभिन्न पालिकाहरुले तत्काल विद्यालय बन्द हुने भनि सुचना जारि गरेका छन् ।

ढोरपाटन नगरपालिकाले जारी गरेको सुचनामा पौष २७ गते देखी आउँदो माघ १५ गतेसम्म यस नगरपालिका अन्तरगतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयले भैतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्नुपर्ने,पुर्व निर्धारित तालिका बमोजिम हाल सञ्चालन भैरहेका परिक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सम्पन्र्न गर्नुपर्ने र यस अवधिको समय बर्षे विदामा कट्टि हुने उल्लेख गरिएको छ ।

यस्तै जिल्लाको वडिगाड गाउँपालिका,बागलुङ नगरपालिकाले पनि शिक्षा मन्त्रालयले दिएको निर्देशन अनुसार विद्यालय बन्द गराउने भनि सुचना जारी गरेको छ ।

यस्तै माघे सक्रान्तिको अवसरमा बडिगाडको मालारानी युवा क्लबले आयोजना गरेको कार्यक्रम स्थगित गरिएको छ । तेस्रो लहरको कोरोना महामारीका कारण कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएकको भए पनि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको त्यहाँबाट मेला संयोजक किसान मल्लले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०७८ पुस २७ गते मङ्गलबार ०७:४६
प्रतिक्रिया दिनुहोस्