टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताए । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उनको भनाइ छ ।
“म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्” राजेन्द्रले भने, “कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन ।”
आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उनको भनाइ छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन् ।










