बुर्तिबाङ- सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाद्धारा आज मृत्यु दावी वापतको आर्थिक भुक्तानी हस्तान्त्रण गरीएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वर्गिय ढोरपाटन नगरपालिका ५ स्थाई घर भई हाल बुर्तिबाङ बस्दै आएका घमे दमाइको घरमै पुगेर कम्पनीले रु पाँच लाख पचासी हजार रुपैयाँको मृत्यु दावी वापतको चेक हस्तन्त्रण गरेको हो ।
२०७६ साल कात्तिक महिनामा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा पाँच लाख बिमाँङ्कको सिटिजन बार्षिक अग्रिम भुक्तानी वीमा खरिद गरेका दमाईको गत कात्तिक ६ गते रोजगारको सिलसिलामा भारतको जलन्धरमा हृदयघातका कारण ४५ बर्षको उमेरमा मृत्यु भएको थियो ।
कम्पनीले बीमा सर्त बमोजिम पाँचलाख बीमाँङ्क, पचास हजार रुपैयाँ काजकृया खर्च र बोनस वापत पैँतिस हजार गरी कुल पाँचलाख पचासी हजार रुपैयाँको दावी वापतको रकम स्वर्गिय घमे दमाईका श्रीमती द्धय अमृता दमाई र माया दमाई लाई चेक हस्तान्त्रण गरेको शाखा प्रबन्धक छविलाल पाण्डेले बताउनु भयो ।
आयोजित दावी भुक्तानी हस्तान्त्रण कार्यक्रम ढोरपाटन नगरपालिका उप–प्रमुख कर्मती पुनको विशेष उपस्थितिमा हस्तन्त्रण गरीएको थियो । उपप्रमुख पुनले वोल्दै वीमा वचत सँगै सुरक्षाका दृष्टिकोणले आफैमा महत्वपूर्ण भएका कारण आफनो र परिवारको सुरक्षा एवं उज्वल भविष्यका निम्ती वीमा गर्नुपर्ने बताउँदै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले वीमितको घरमै आएर समयमै दावी भुक्तानी वापतको प्रवाह गरेकोमा यो नै उत्कृष्ट कार्य रहेको बताउनुभएको थियो । घरको जिम्मेवार व्याक्ति गुमाउँदै गर्दा भौतिक शरीर नरहे पनि आर्थिक रुपमा वीमाले मल्हम लगाउने काम गरेको उहाँले बताउनुभयो ।
आयोजित कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर शिवलाल पाण्डे, एजेन्सी म्यानेजर अमर बहादुर क्षेत्री (ओम) परिवारको तर्फदेखि स्याम बहादुर दमाईले वीमा र त्यसको महत्वको विषयमा आफनो धारणा राख्नु भएको थियो ।
स्वर्गिय घमे दमाइकी श्रीमती (हकवाला) अमृता दमाईले वोल्दै आफनो श्रीमानको अकालमै मृत्यु हुँदा परिवारमा समस्या भएपनी समयमै वीमा गरेका कारण आर्थिक रुपमा सहयोग पुगेको बताउनु भयो । कार्यक्रमकै वीचमा स्वर्गिय दमाईकी कान्छी श्रीमती माया दमाइले समेत आफनो पाँचलाख वीमाँकको सिटिजन बार्षीक अग्रिम भुक्तानी वीमा खरिद गर्नुभएको थियो ।
कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर अमर बहादुर क्षेत्री, हिमशिला खत्री कुवँर, एजेन्सी ,पत्रकार, कर्मचारी, स्थानिय वासी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चाल बुर्तिबाङ शाखा प्रवन्धक छविलाल पाण्डेले गर्नुभएको थियो ।














