बागलुङका एम्बुलेन्समा जिपिएस जडान सहित नियमित अनुगमन हुने

बागलुङका एम्बुलेन्समा जिपिएस जडान सहित नियमित अनुगमन हुने
२०७८ माघ ११ गते मङ्गलबार ०८:१९

बागलुङ- कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा पहिलोपटक एम्बुलेन्सको खोजी सुरु भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर रहेकाको तथ्यांक निकालेर नियमित अनुगमन...

बागलुङ- कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा पहिलोपटक एम्बुलेन्सको खोजी सुरु भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर रहेकाको तथ्यांक निकालेर नियमित अनुगमन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो ।

बागलुङमा अहिलेसम्म १३ वटा एम्बुलेन्स रहेको तथ्यांक छ । ती सबै एम्बुलेन्सलाई जिपिएस प्रविधि जोड्नेसमेत बैठकले निर्णय गरेको छ । यस्तो निर्णयपछि एम्बुलेन्सको दुरुपयोग रोकिने विश्वास छ । संक्रमण बढ्दै जाँदा बिरामी ओसार्न समस्या हुने तर खोजेको बेला एम्बुलेन्स फेला नपर्ने समस्या हुने गरेको छ । त्यो अवस्था आउन नदिन जिपिएस जोडेपछि सजिलै खोज्न र देख्न सकिने ढकालले जानकारी दिनुभयो ।

यस्तै, तमानखोला गाउँपालिकाले सञ्चालन गर्न लागेको एम्बुलेन्स सेवालाई पनि अनुमति दिने निर्णय भएको छ । बुंगादोभानमा रहने गरी एम्बुलेन्स सञ्चालन गर्न माग आएकोले बैठकले निर्णय गरेको हो । यो निर्णयले एम्बुलेन्स सञ्चालन चुस्त र प्रभावकारी हुने बैठकका सहभागी स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति २०७८ माघ ११ गते मङ्गलबार ०८:१९
प्रतिक्रिया दिनुहोस्