बागलुङमा आज कोरोनाका ७० संक्रमित थपिए,जिल्लामा संक्रिय संक्रमितको सङ्ख्या ५ सय नजिक

बागलुङमा आज कोरोनाका ७०  संक्रमित थपिए,जिल्लामा संक्रिय संक्रमितको सङ्ख्या ५ सय नजिक
२०७८ माघ १२ गते बुधबार ०६:२८

बागलुङ जिल्लामा कोरोना संक्रमितको संङ्ख्या दैनिक उकालो लाग्दो छ । आज मात्र जिल्लाभर थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर परिक्षण मार्फत बागलुङ नगरपालिकाको २१ जना,र अन्यका ६ जना गरि २७ जना संक्रमित फेला परेका छन् । यस्तै...

बागलुङ जिल्लामा कोरोना संक्रमितको संङ्ख्या दैनिक उकालो लाग्दो छ । आज मात्र जिल्लाभर थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर परिक्षण मार्फत बागलुङ नगरपालिकाको २१ जना,र अन्यका ६ जना गरि २७ जना संक्रमित फेला परेका छन् ।

यस्तै एन्टिजेन्ट मार्फत गरिएको परिक्षणमा बागलुङ नगरपालिकाका १६ जना,गलकोट नगरपालिकाको १३ जना,तमानखोला गाउँपालिकाको ७ जना,बरेङ गाउँपालिकाको ५ जना,ताराखोला गाउँपालिकाको १ जना र अन्यका १ जना गरि ४३ संक्रमित फेला परेका छन् ।

यो सगैँ जिल्लाको कोरोनाका विरामी ४९२ पुगेको स्वास्थ्य कार्यलय बागलुङका कोरोना फोकल प्रर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । आज थप १५ जना डिस्चार्ज भएका छन् । जसमा बागलुङ नगरपालिकाको १४ जना र बरेङ गाउँपालिकाको १ जना रहेका हुन् ।

अहिले सम्म जिल्लाको दश पालिका मध्य बागलुङ नगरपालिकामा सवैभन्दा धेरै २४२ संक्रमित पुगेका छन् भने सबैभन्दा कम ढोरपाटन नगरपालिकामा ९ जना रहेका छन् । जिल्लाको गलकोट नगरपालिकामा ५४,बरेङ गाउँपालिकामा ४३ ,जैमिनी नगरपालिकामा १०,काठेखोला गाउँपालिकामा १६,तमानखोला गाउँपालिकामा ३४,बडिगाड गाउँपालिकामा ३२ र निसीखोला गाउँपालिकामा शुन्य संक्रमित रहेको घिमिरेले जानकारी दिनुभयो । जिल्लाका १८ वडा उच्च जोखिममा,३९ वडा मध्यम जोखिममा र २८ वडा न्युन जोखिममा रहेका छन् ।

प्रकाशित मिति २०७८ माघ १२ गते बुधबार ०६:२८
प्रतिक्रिया दिनुहोस्