ब्रेन ट्यूमर पीडित मदन फगामीलाई प्रवासी नेपालीले गरे ४ लाख ७० हजार आर्थिक सहयोग

ब्रेन ट्यूमर पीडित मदन फगामीलाई प्रवासी नेपालीले गरे ४ लाख ७० हजार आर्थिक सहयोग
२०७८ माघ १३ गते बिहिबार ०४:१३

बागलुङ जिल्लाको  ढोरपाटन नगरपालिका वडा नं. ४ का ब्रेन ट्यूमर रोग पीडित मदन फगामीलाई प्रवासी नेपालीहरुले ठूलाे आर्थिक सहयोग गरेका छन् । बैदेशिक रोजगारको शिलशिलामा पोर्चुगल, जापान, कोरिया, अमेरिका, साउदी, कतार लगायतका विभिन्न देशमा...

बागलुङ जिल्लाको  ढोरपाटन नगरपालिका वडा नं. ४ का ब्रेन ट्यूमर रोग पीडित मदन फगामीलाई प्रवासी नेपालीहरुले ठूलाे आर्थिक सहयोग गरेका छन् । बैदेशिक रोजगारको शिलशिलामा पोर्चुगल, जापान, कोरिया, अमेरिका, साउदी, कतार लगायतका विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले फगामीलाई ४ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

लुकुरवनका स्थानिय सुरज फगामीको छोरा वर्ष १८ का मदन विगत लामो समय देखि ब्रेन ट्यूमर रोगबाट पीडित छन् । उपचारका लागि काठमाण्डौ स्थीत अन्नपूर्ण न्यूरो अस्पतालमा पुगेपनि आर्थिक अभाव भएपछि पीडित फगामी, घरमै फर्किएका छन् । आर्थिक अभाव भएकै कारण उपचारमा समस्या भईरहेको भन्ने खबर विभिन्न संचार माध्यममा प्रकाशन भएपछि ढोरपाटन नगरको वडा नं. ४ खुंगा घर भई हाल पोर्चुगलमा रहेका रविन्द्र घर्ति मगर सहित रोमनियामा रहेका कल्पना अर्गेजा, अमेरिकामा रहेका नविन सेरचन र खिमा सिउथानीले संयूक्त रुपमा “मदन फगामी बचाउ अभियान” संचालन गरेका थिए । उक्त अभियानबाट हाल सम्म ४ लाख ७० हजार रुपैयाँ संकलन भएको र पीडित परिवारलाई हस्तान्तरण समेत गरिएको अभियानका सदस्य रविन्द्र घर्ति मगरले जानकारी दिनुभयो । पीडित परिवारको घरमै पुगेर जनप्रतिनिधी, स्थानिय समाजसेवी बुद्धिजिबी लगायतको रोहबरमा रकम हस्तान्तरण गरिएको उहाँको भनाई छ ।

फगामीको उपचारमा थोरै भएपनि सहयोग पुर्याउने उद्धेश्यले सञ्चालन गरिएको अभियानमा सहभागी भई प्रवासी नेपालीहरुले खुलेर आर्थिक सहयोग गरेको सदस्य घर्तिको भनाई छ । आर्थिक संकलन अभियान अझै जारी रहेको र थप रकम संकलन भईरहेको सदस्य घर्तिले जानकारी दिनुभयो ।

ब्रेन ट्यूमरको उपचार गर्न अस्पतालले करिब १२ लाख रुपैयाँ खर्च लाग्ने भनेपछि आर्थिक संकटले हिम्मत हारिसकेका फगामी परिवारलाई प्रवासीहरुले आर्थिक सहयोग गरेपछि ठूलो राहत मिलेको छ । ट्यूमर पीडित फगामीका बुवा सुरज फगामीले भन्नुभयो, हाम्रो दुखलाई आफ्नै दुख जस्तो सम्झेर विदेशमा रहेका दाजुभाईहरुले आर्थिक सहयोग गर्नुभयो सबै सहयोगीहरु प्रति मुरी मुरी धन्यवाद व्यक्त गर्दछु, अब छोराको जिवन बचाउन सकिन्छकी भन्ने आशा जागेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ४ का वडा सदस्य तिल बहादुर फगामी सहित स्थानिय समाजसेवी बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

ढोरपाटन पोष्ट

प्रकाशित मिति २०७८ माघ १३ गते बिहिबार ०४:१३
प्रतिक्रिया दिनुहोस्