नव निर्मित सिमलचौर घाट झोलुङे पुलको नगरप्रमुख नेपालीद्वारा उद्घाटन

नव निर्मित सिमलचौर घाट झोलुङे पुलको नगरप्रमुख नेपालीद्वारा उद्घाटन
२०७८ माघ १६ गते आईतबार ०५:२९

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ मा रहेको सिमलचौर घाट झोलुङे पुलको निर्माण कार्य सम्पन्न भएको छ । शनिबार ढोरपाटन नगरपलिकाका नगर प्रमुख देवकुमार नेपालीले सो झोलुङे पुलको उद्घाटन गर्नुभएको हो । खल्टुवोट...

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ मा रहेको सिमलचौर घाट झोलुङे पुलको निर्माण कार्य सम्पन्न भएको छ । शनिबार ढोरपाटन नगरपलिकाका नगर प्रमुख देवकुमार नेपालीले सो झोलुङे पुलको उद्घाटन गर्नुभएको हो ।

खल्टुवोट बाट सिमलचौर जोड्ने सो स्थानमा झुलुंगे पुलको निमार्ण सगैँ यस क्षेत्रका धेरैलाई सजिलो हुने र स्थानियहरुकै आवश्यकतालाई मध्यनजर गरी उक्त झोलुङे पुलको निर्माण गरिएको नगरप्रमुख नेपालीले बताउनुभयो । आफुँले चुनावका समयमा गरेका वाचाहरु क्रमस पुरा गदैँ आईरहेको बताउदैँ यस क्षेत्रका स्थानियको समस्याहरुलाई आफुँले राम्रो सगँ बुझेको उल्लेख गर्नुभयो ।

आफुँले झुटा आश्वासन नदिने बताउदैँ नेपालीले समग्र सिमलचौर क्षेत्रमा शिक्षा,स्वास्थ्य,खानेपानी,मोटरबाटो पुगेको हुदाँ त्यसलाई थप व्यवस्थित बनाउदैँ लैजाने बताउनुभएको थियो ।

२०७६ साल मंसिर २८ गतेबाट सुरु गरिएको आयोजना यहि २०७८ माघ १४ मा सम्पन्र्न भएको हो । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तरगत ढोरपाटन नगरपालिका कार्यालयको आयोजना तथा टि.वि.एस.यु-पि.टि.ए.पी पोखराको प्राविधिक सहयोग तथा वि.वाई.सी बागलुङको व्यवस्थापनमा पुल निमार्ण सम्पन्र्न भएको हो । उक्त पुल निमार्ण गर्न कुल लागत रु ५२ लाख ८८ हजार ७ सय ४६ रुपैँया लागेको पुल निमाणर््ा समितिका सचिव नेत्र चालिसेले बताउनुभयो ।

वेग बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रमममा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई,वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, वि.वाई.सी बागलुङका अध्यक्ष मनिभद्र शर्मा,वडा सदस्य खिम बहादुर कार्की,कृष्ण प्रसाद शर्मा, ग्रामिण स्वास्थ्य सुधार परियोजनाका फिल्ड सुपरभाईजर रामेश्वर शाह,त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम बहादुर महत,नरपाटन नगरपालिका रोजगार संयोजक हिरालाल खनाल, पत्रकार लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आत्मराम चालिसेको स्वागत मन्तव्य र पुल निमाणर््ा समितिका सचिव नेत्र चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०७८ माघ १६ गते आईतबार ०५:२९
प्रतिक्रिया दिनुहोस्