बुर्तिबाङ- कोरोना भाईरसको तेस्रो भेरियन्ट फैलिरहेको सन्दर्भमा बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका केहि गरिब तथा विपन्र्न परिवारलाई खाध्यान्न वितरण गरिएको छ ।
निसीखोला गाउँपालिका भित्रका २८ परिवारको लागि समाजसेवी भुपाल रेग्मीको आर्थिक सहयोग र समाजसेवी पुजन कुवंरको व्यवस्थानमा बुधबार खाध्यान सामाग्री हस्तान्त्रण गरिएको थियो । प्रति परिवार ३० केजीको १ बोरा चामल,२ केजी दाल,२ नुन,१ लिटर तेल,साबुन लगायत प्रदान गरिएको समाजसेवी पुजन कुवंरले बताउनुभयो ।
निसीखोला गाउँपालिका ४ घर भई हाल रोजगारीको शिलशिलामा दुवैमा रहनुभएका समाजेवी रेग्मीले गरिब तथा विपन्र्न परिवारलाई सहयोग गर्दै आउनुभएको छ । रेग्मीका बुबा आमा सहित जनप्रनिधि,साजसेवी लगायत स्थानियको रहोवरमा सहयोग हस्तान्त्रण गरिएको कुवंरले बताउनुभयो । कोरोना महामारी फेलिएसगैँ समस्यामा परेका स्थानियहरुलाई निरन्तर सहयोग गदैँ आईरहेको उहाँको भनाई छ ।
खाध्यन्न पाए सगैँ उनीहरुले खुशी व्यक्त गरेका छन् । केहि समय अगाडीमात्र समाजसेवी रेग्मी लगायतको आर्थिक सहयोगमा केहि विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।












