बागलुङको ढोरपाटन ९ मा हिमपातका कारण बिद्युत् सेवा अवरुद्ध

बागलुङको ढोरपाटन ९ मा हिमपातका कारण बिद्युत् सेवा अवरुद्ध
२०७८ माघ २३ गते आईतबार ०५:३२

भारी हिमपातका कारण बागलुङ जिल्लाको ढोरपाट नगरपालिका वडा नं ९ मा बिद्युत् सेवा अवरुद्ध बनेको छ । बिहिवार रातिदेखि लगातार परेको हिमपातका कारण २६ मेगावाट क्षमताको भुजिखोला चौँथो लघु जलबिद्युत् आयोजना प्रभावित भएको आयोजनाका सचिव...

भारी हिमपातका कारण बागलुङ जिल्लाको ढोरपाट नगरपालिका वडा नं ९ मा बिद्युत् सेवा अवरुद्ध बनेको छ । बिहिवार रातिदेखि लगातार परेको हिमपातका कारण २६ मेगावाट क्षमताको भुजिखोला चौँथो लघु जलबिद्युत् आयोजना प्रभावित भएको आयोजनाका सचिव धन बहादुर विश्वकमाले जानकारी दिनुभयो ।

हिमपातले बिद्युतका पोलहरु ढल्नुका साथै तारहरु समेत छिनेको छ । त्यहाँका २ सय ५० घरधुरीले प्रयोग गर्दै आइरहेको बिद्युत् सेवा अवरुद्ध हुदाँ स्थानिय अन्धकारमा बस्न बाध्य रहेको सचिव विश्वकर्माले बताउनुभयो ।

आज आईतबार बाट भने मौसम केहि सफा भएको छ, तत्काल मर्मतकार्य हुन्छ’,उहाँले भन्नुभयो । बिद्युत् अबरुद्ध भएपछि वडा नं ९ को जुरी, हालबोट, सुकुरढुङ, कुगु घटेचौर लगायतका गाउँका स्थानिय अन्धकारमा बस्न बाध्य भएका छन् । बिद्युत् सेवा नहुँदा विभिन्न कामहरु गर्न समस्या भैरहेको स्थानियले बताएका छन् ।

शुक्रबार राति भने पश्चिम बागलुङ तल्लो क्षेत्रमा समेत हिमपात भएको थियो । डाडाँकाडा लगायत वन क्षेत्र हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु भने खुसी भएका छन् ।

प्रकाशित मिति २०७८ माघ २३ गते आईतबार ०५:३२
प्रतिक्रिया दिनुहोस्