बागलुङ बडिगाडकी सुत्केरीको हेलिकप्टर मार्फत उद्दार

बागलुङ बडिगाडकी सुत्केरीको हेलिकप्टर मार्फत उद्दार
२०७८ माघ २४ गते सोमबार ०४:४७

सुत्केरी भएर साल अड्किएकी बागलुङको बडिगाड गाउँपालिकाकी एक सुत्केरीको हवाइमार्फत उद्दार गरिएको छ । वडिगाड गाउँपालिका-३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हवाईमार्फत उद्दार गरिएको हो । सोमबार बिहान १ बजे सुत्केरी भएकी सामलको साल...

सुत्केरी भएर साल अड्किएकी बागलुङको बडिगाड गाउँपालिकाकी एक सुत्केरीको हवाइमार्फत उद्दार गरिएको छ ।

वडिगाड गाउँपालिका-३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हवाईमार्फत उद्दार गरिएको हो । सोमबार बिहान १ बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गरेका थिए ।

स्थानीय स्वास्थ्यकर्मीको प्रयाससमेत असफल भएपछि उनलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । वडिगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले उनको उद्दारगरेको हो ।

रातको समय सडकमा रहेको हिउँले यातायातमा समस्या भएकाले सुत्केरीलाई घरमै राखी राति ४ : १३ बजे मात्रै स्वास्थ्यकर्मीलाई खबर गरेको परिवारले जनाएको छ । उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ माघ २४ गते सोमबार ०४:४७
प्रतिक्रिया दिनुहोस्