मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । मंगलबार साझँ बडिगाड हुँदै निसिखोलातर्फ जाँदै गरेको लु ५१ प ५८५२ नम्बरको मोटरसाइकलले बडिगाड–६ को एक्लेखेत नजिकै पैदलयात्री वडा नं ६ ठुलाबेसीका १३ बर्षिय अन्जान थापालाई ठक्कर दिँदा दुर्घटना भएको हो । उहाँको खुट्टाको साँप्रा र टाउकोमा गम्भीर चोट लागेको छ ।
यस्तै मोटरसाइकलको पछाडी बसेका निसिखोला–३ का २६ बर्षिय नवीन चन्द पनि गम्भीर घाइते भएका छन् । उनको दायाँ हातमा चोट लागेको प्रहरीचौकी खाराका असही गुरूप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
घाइते दुवै जनाको अवस्था गम्भिर रहेकाले स्थानिय बडिगाड पोलिक्लिकमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको थियो । अहिले पाल्पामा उनीहरुको उपचार भैरहेको जनाईको छ । मोटर साइकल चालक निसिखोला गाउँपालिका ३ का लोक बहादुर चन्दको अबस्था भने सामान्य रहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले राती नै नियन्त्रणमा लिएको थियो ।










