सी ब्लक पनि बेड बनाउने तयारी
धौलागिरि अस्पतालमा गत असोजमा जोड्ने भनिएको अक्सिजन प्लान्ट अझै जोडिएको छैन । प्लान्ट नजोड्दा तत्काल जटिल प्रकारका बिरामी बढेमा उपचारमा समस्या हुने भएको छ । कोरोना भाइरसको तेस्रो भेरिएन्टमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसेकाले अस्पतालमा चाप भने छैन ।
बागलुङ जिल्लामा कोरोनाको तेस्रो भेरिएन्ट फैलिएसगैँ क्रमश बढेका सक्रमित घट्ने क्रममा रहेका छन् । जुनसुकै समयमा बिरामी बढ्न सक्ने चिकिस्कहरुले बताएका छन् । अस्पतालमा यसअघि जडान भएको अक्सिजन २५ बेडमा मात्रै सीमित छ । अक्सिजन भर्नु परेमा उक्त प्लान्टबाट मिल्दैन । अस्पतालको बी(ब्लक बनेर संचालनमा आए पनि सिलिन्डरबाट मात्रै अक्सिजन दिनुपर्ने बाध्यता छ । हाल सी ब्लक पनि निर्माणाधीन अवस्थामै छ ।
उक्त ब्लकमा पनि बेड बनाउने तयारी छ । धौलागिरि अस्पतालमा २ सय बेड बनाउने लक्ष्य अझै पूरा भएको छैन । ती सबै बेडमा अक्सिजन जडान गर्ने तथा सिलिन्डर भर्ने प्रविधिसमेत जडान गर्न ढिलाइ भएको हो ।
‘बजेट अभावले काम थाल्न सकिएन‚’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले भन्नुभयो, ‘मन्त्रालयमा बजेट माग गरेका छौं, आएपछि काम पूरा होला ।’ गत असोजमा सबै सामान आएर पनि अस्पतालमा थन्किएर बसेको छ । अस्पतालमा २ करोड ३४ लाखमात्रै प्राप्त भएको, जडानका लागि कम्तीमा ३ करोड चाहिने भएपछि काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।
गत वैशाखरजेठमा भने अक्सिजन आवश्यक पर्ने अत्यधिक बिरामी हुँदा पोखराबाट दैनिक चार पटकसम्म सिलिन्डर खेप्नुपरेको थियो । ‘अत्यावश्यक परेमा खेप हाल्ने गरी १ सय ६० सिलिन्डर तयारी बनाएका छौं‚’ पोखरेलले भन्नुभयो, ‘अहिले अधिकांश सामान्य बिरामी भएकाले अक्सिजन दिनुपरेको छैन ।’ निर्माणधीन सी ब्लक पनि आगामी चैतसम्म मात्रै सक्न ठेकेदारले म्याद पाएकाले काम अझै ढिला हुने स्थानीय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।










