नेकपा (एमाले) बागलुङले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने

नेकपा (एमाले) बागलुङले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने
२०७८ माघ २६ गते बुधबार ०६:५६

नेकपा (एमाले) बागलुङले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । नवौं जिल्ला अधिवेशनपछि माघ २१ र २२ गते ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा सम्पन्न प्रथम पूर्ण बैठकको निर्णय अनुसार पार्टी चुनाव केन्द्रीत...

नेकपा (एमाले) बागलुङले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । नवौं जिल्ला अधिवेशनपछि माघ २१ र २२ गते ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा सम्पन्न प्रथम पूर्ण बैठकको निर्णय अनुसार पार्टी चुनाव केन्द्रीत हुने भएको हो ।

बैठकको समयमा स्थानीय तहको चुनाव घोषणा नभएकाले पार्टीले संघर्ष र चुनावी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकले माघ २९ गते अधिवेशन सम्पन्न भएका नौं वटा स्थानीयका बैठक तथा अधिवेशन हुन बाँकी बरेङ गाउँपालिकाको अधिवेशन सम्पन्न गर्नेगरी तयारी अगाडि बढाइएको नेकपा (एमाले) बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।

यस्तै बैठकले फागुन पहिलो हप्ता जिल्लाका सबै वडाका वडा कमिटी बैठक, फागुन २१ गते भित्र वडाका सम्पूर्ण टोलहरुमा पार्टीका टोल कमिटि गठन गर्ने, फागुन मसान्तभित्र निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा (एमाले) बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनपछि नयाँ नेतृत्व आएपछिको बैठकले जिल्ला कमिटिका एक सय २७ जना पदाधिकारी सदस्यहरुलाई विभिन्न विभाग, फाँट, वडागत रुपमा भौगोलिक जिम्मेवारी दिएर पार्टीलाई निर्वाचन केन्द्रीत अभियान सञ्चालनको तयारीमा लागेको एमालेले जनाएको छ ।

आदर्श अनलाइन

प्रकाशित मिति २०७८ माघ २६ गते बुधबार ०६:५६
प्रतिक्रिया दिनुहोस्