बुर्तिबाङ- बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान पुग्ने २ स्थानमा मोटरेवल पुल निर्माण भएसँगै स्थानियकोे दैनिकी भने फेरिएको छ । गत वर्ष मंसिर महिना देखि निर्माण सुरु भएको भालीवाङखोला मोटरेवल पुल एक वर्षमा निर्माण सम्पन्र्न भएको नयाँबाटो सूर्यदय जेभी कम्पनीले जनाएको छ ।
ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सिमानामा रहेको भालीवाङखोलामा पुल निर्माण भएसँगै १२ महिना यातायातमा सञ्चालन हुने स्थानीयको भनाई छ । वर्षातको समयमा नदिमा पानीको बहाव बढ्ने भएपछि करिब ५ महिना सिधा सवारी सञ्चालन हुन नसकेको अवस्थामा अब निरन्तर सवारीका साधन चल्ने भएको हो । पुल निमार्ण सगैँ स्थानियको दैनिकी फेरिएको भालिबाङ निवासी विजय कडेंलले बताउनुभयो ।
ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सिमानामा रहेको भालीवाङमा पुल निमार्णसगैँ बसाईसराई गरि आउनेको सङख्या दैनिक बढ्दो छ । पुल र बाटोकै कारण भालीबाङ वासीको मात्र होईन सिगो तमानखोलावासीको दैनिकी फेरिएको हो । भालीबाङ खोलाको वारीपारी गरि १७ वटा घर रहेका छन् । पुल निमार्ण सगैँ ६ वटा नयाँ घर निमार्ण भैसकेका छन् भने ३ बटा घरको निमार्ण कार्य सुरु हुने चरणमा रहेको कडेंले बताउनुभयो ।
अहिले भालीबाङमा खेत र घडेरीको मुल्य समेत बढेको छ । पुल निमार्ण नहुदाँ सम्म यहाँ खास्सै बस्ती थिएन स्थानिय दिर्घलाल गैरेले भन्नुभयो तर पछिल्ला दिनहरुमा तमानखोला गाउँपालिका लगायत अन्य स्थानबाट बसाई सरेर आउनेको सङ्ख्या बढेको छ । दुई पालिकाको सिमाना भनिए पनि धेरै क्षेत्र ढोरपाटन नगपालिकाको पर्दछ । तर अहिलेसम्म ढोरपाटन नगरपालिको चासो उक्त क्षेत्रमा नपरेको स्थानियको भनाई छ । केहि दिन पहिले तमानखोला गाउँपालिकाको तर्फबाट यस क्षेत्रमा खानेपानीको निम्ति सर्वे गरि योजना माग गरिएको जनाईएको छ ।
भालीबाङमा कुल ४ करोड ४२ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुलले तमानखोला गाउँपालिकाको विकाश र समृद्धिमा समेत टेवा पु¥याउने भएको हो । एक वर्ष भित्रै निर्माण सम्पन्न गरीएको पुलबाट यातायातका साधन आवतजावत समेत सुचारु भइसकेको साईड इन्चार्ज वलराम पौडेलले बताउनुभयो ।
वर्षातको समयमा निकै शास्ती खेप्न बाध्य बनेका तमानखोलाका स्थानिय भालिबाङ खोला र हुन्द्रफेदी खोलामा मोटररेवल पुल बनेपछि निकै खुशी छन् । भालिबाङ तमानखोला गाउँपालिका बाट नजिक रहेको हुदाँ तमानखोला गाउँपालिकाबाटै केहि विकासको आश रहेको स्थानियहरु बताउँछन् ।
बुर्तिबाङदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान ११ किलोमिटर दुरीमा रहेको छ । पुल निर्माण पछि अव २० मिनेटमै बोङगादोभान पुग्न सकिने भएको हो । स-साना कामले पनि बुर्तिबाङ पुग्नुपर्ने हुन्छ पहिले पहिले निकै दुख हुन्थयो तर आज भोली छिटो र सजिलै बुर्तिबाङ पुग्न सकिने तमानखोला १ हिजा निवासी काले वि.कले भन्नुभयो ।











