तमानखोलाका विद्यालयमा बाल विवाह न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम

तमानखोलाका विद्यालयमा बाल विवाह न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ माघ २८ गते शुक्रबार ०६:१३

बुर्तिबाङ- बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा बाल बिबाह न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम गरिएको छ । गाउँपालिका भित्र बाल बिवाह गर्नेको सङ्ख्या बढ्दै गईरहेको सन्र्दभमा माध्यमिक विद्यालयमा पुगि सचेतना मुलक कार्यक्रम...

बुर्तिबाङ- बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा बाल बिबाह न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम गरिएको छ । गाउँपालिका भित्र बाल बिवाह गर्नेको सङ्ख्या बढ्दै गईरहेको सन्र्दभमा माध्यमिक विद्यालयमा पुगि सचेतना मुलक कार्यक्रम गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

बाल बिवाह एक सामाजिक कुरीति हो भन्ने मुल नाराका साथ शुक्रबार गाउँपालिकाको वडा नम्बर ५ खुंखानीमा रहेको शान्ति माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्र्न गरिएको छ। गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थी,अभिभावक,पत्रकार लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।

शारीरिक र मानसिक रुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको हो । विद्यालयमा पढ्ने अधिकाशं बालबालिका कम उमेरमै विवाह गर्ने र पढ्न छोड्ने क्रम बढेसगैँ सो अभियान सुरु गरिएको गाउँपालिका शिक्षा शाखा प्रमख पुर्णबहादुर घर्तिले बताउनुभयो । पालिकाका अन्य २ माध्यमिक विद्यालयहरुमा पनि कार्यक्रम गरिने उहाँको भनाई छ ।

पछिल्लो समय बालविवाहको समस्या पश्चिम बागलुङमा बढी देखिन थालेको छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा बढी पाइन्छ । बाल बिवाह लगायत अन्य कुरित न्युनिकरण गर्न विद्यालय स्तरका बालबालिकालाई कम उमेरमा बिवाह गर्दा हुने जतिलता र आउने समस्या बारे जानकारी गराईएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति २०७८ माघ २८ गते शुक्रबार ०६:१३
प्रतिक्रिया दिनुहोस्