बागलुङ- कालिका भगवती गुठीले माघ महिनामा मात्रै ११ लाख ४५ हजार ३ सय ७० रुपैयाँ आम्दानी गरेको छ । बागलुङ कालिका भगवती मन्दिरमा चड्ने भेटी, मुड र सहयोग लगायतका शीर्षकबाट उक्त रकम जम्मा भएको हो ।
मन्दिरमा माघ महिनामा ५ लाख ७३ हजार ७ सय ९० रुपैयाँ भेटी संकलन भएको छ । त्यस्तै परेवाको बिक्रीबाट २ लाख २९ हजार ४ सय, सटर भाडाबाट २ लाख ८२ हजार १ सय ७४ र बिबाह तथा ब्रतबन्धबाट १८ हजार ३ सय ९० रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष राम बहादुर खड्काले बताउनुभयो ।
त्यस्तै माघ महिनामा मात्रै गुठीले ३४ लाख ९१ हजार ३ सय २८ रुपैयाँ खर्च गरेको छ । कर्मचारीको तलव, निर्माण, खरिद विद्युत, डीपीआर लगायतका शीर्षकमा खर्च भएको खड्काले बताउनुभयो ।
प्रकाशित मिति २०७८ फाल्गुण ३ गते मङ्गलबार ०६:००