बागलुङ- पश्चिम बागलुङको बुर्तिबाङमा आजको बन्दको केहि प्रभाव केहि परेको देखिएको छ । अहिले सामान्य रुपमा गाडी फन्टफुट्ट चलेका छन भने पसल केहि खुलेका छन भने केहि बन्द रहेका छन् । व्यापारीहरु बन्द गर्ने या खोल्ने बारे दोधारमै रहेको बताईरहेका छन् । तर बुर्तिबाङ बाट छुट्ने लामो दुरीका साधनहरु भने छुटेका छैन् । सवारी साधनहरु समेत बजार क्षेत्रमा चलेका छैनन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेको थियो । देशभर सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।
प्रहरीले ढुक्क भए गाडी चलाउन आग्रह समेत गरेको छ । यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले सूचना निकालेर देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको हो ।










