पश्चिम बागलुङमा बन्दको प्रभाव, दिनभर सुनसान बन्यो बजार क्षेत्र

पश्चिम बागलुङमा बन्दको प्रभाव, दिनभर सुनसान बन्यो बजार क्षेत्र
२०७८ फाल्गुण ४ गते बुधबार ०५:४३

पश्चिम बागलुङको बुर्तिबाङ बजार दिनभर सुनसान बनेको थियो । सामान्य रुपमा गाडी फन्टफुट्ट चलेका भए पनि पसलहरु प्राय बन्द नै रहेका थिए । बिहान केहि खुलेका पसलहरु पनि बन्दकर्ताहरुले बन्द गर्न आग्रह गदैँ बजार क्षेत्रमा हिडेका थिए । बिहानको...

पश्चिम बागलुङको बुर्तिबाङ बजार दिनभर सुनसान बनेको थियो । सामान्य रुपमा गाडी फन्टफुट्ट चलेका भए पनि पसलहरु प्राय बन्द नै रहेका थिए । बिहान केहि खुलेका पसलहरु पनि बन्दकर्ताहरुले बन्द गर्न आग्रह गदैँ बजार क्षेत्रमा हिडेका थिए ।

बिहानको समय व्यापारीहरु बन्द गर्ने या खोल्ने बारे दोधारमै रहेको बताईरहेका थिए । तर प्राय पसल बन्द रहेको बन्द कर्ताको आग्रह पछि बन्द गरिएको व्यापारिहरुले बताएका छन् । बुर्तिबाङ बाट छुट्ने लामो दुरीका साधनहरु साझँ ५ बजेसम्म छ्ट्न सकेनन । साझँ पखबाट भने सवारी साधनहरु चल्न सुरु गरेका हुन् । गण्डकी प्रदेशले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हुदाँ पनि सरकारी कार्यालय सगैँ सबै शैक्षिक सस्था भने बन्द नै रहेका थिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपाल गायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेको थियो । प्रहरीले ढुक्क भए गाडी चलाउन आग्रह समेत गरेको छ । तर देश भर बन्दको प्रभाव परेका समाचरहरु आईरहेका छन् । बन्द कर्ताले पश्चिम बागलुङमा अप्रिय कुनै घटना नघटाएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।

गृह मन्त्रालयले भने सूचना निकालेर देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति २०७८ फाल्गुण ४ गते बुधबार ०५:४३
प्रतिक्रिया दिनुहोस्